Sunday, August 11, 2019

नक्कली व्यक्तिका नाममा राहत बुझ्नेविरुद्ध मुद्दा

काठमाडौं, २५ साउन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली द्वन्द्वपीडितका नाममा राहत रकम बुझेर अनियमितता गरेको अभियोगमा गाविस सचिवसहित २ जनाविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
कालिकोटको साविक बदालकोट गाविसका सचिव गणेशप्रसाद रिजालले खाँडाचक्र नगरपालिका–११ का कुलबहादुर शाहीलाई मिलेमतोमा उनकी हु“दै नभएकी दोस्रो छोरी बेपत्ता भएको देखाई राहत रकम लिने÷दिने गरी १० लाख रुपैया“ हिनामिना गरेका थिए । रिजालले अख्तियारका अनुसार शाहीको एकमात्र छोरी भएकामा दुई जनाको नाममा एक जनाको द्वन्द्वकालमा मृत्यु भएको र अर्की बेपत्ता भएको भनी १०÷१० लाख रुपैयाँ राहत दिलाएका थिए ।
शाहीकी छोरी किस्मताकुमारीको द्वन्द्वकालमा मृत्यु भएको थियो । रिजालले द्वन्द्वकालमा मारिएकी छोरीको राहत रकम १० लाख पाएका शाहीलाई अर्की छोरी सुनीता शाही बेपत्ता भएको भनी सिफारिस गरी थप १० लाख दिलाएका थिए । रिजाल र शाहीले मिलेमतोमा सरकारी रकम हिनामिना गरेको पुष्टि भएकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।




No comments:

Post a Comment