Saturday, August 17, 2019

तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना : मौसम विभाग

काठमाडौं, ३१ साउन– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रबार रातिदेखि तीन दिनसम्म मुलुकका विभिन्न स्थानमा मेघ गर्जनसहित हल्कादेखि भारी वर्षा हुने सम्भावना रहेकाले त्यसबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाले शुक्रबार सा“झ मौसम पूर्वानुमानसम्बन्धी बुलेटिन जारी गरीः मनसुनको न्यून चापीय रेखाको पूर्वी भाग (भारतको उत्तरी राजस्थान, हरियाणा, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार र पश्चिम बंगाल हु“दै बंगलादेशको खाडीको शिरसम्मको) औसत स्थानमा रहेकाले त्यसको प्रभावले नेपालमा शुक्रबार सा“झदेखि तीन दिन वर्षा हुने जनाएको छ ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी जारी गर्दै मुलुकको पूर्वी तथा मध्य पहाडी भू–भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले चुरेबाट बग्ने नदीमा पानीको बहावमा आकस्मिक वृद्धि हुन सक्ने भएकाले नदी आसपासका बस्तीलाई सतर्क रहन तथा सडक यातायातमा पहिरो÷भू–क्षयका कारण अवरोध आउन सक्ने भएकालेमा यात्रा गर्दा सतर्कता अपनाउनसमेत अनुरोध गरेको छ ।
महाशाखाको पछिल्लो मौसमी विवरणअनुसार शुक्रबार सा“झदेखि मुलुकका अधिकांश स्थानमा सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । पूर्व र मध्यका तराई तथा चुरेका केही स्थानमा र पश्चिमी पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।
महाशाखाले जारी बुलेटिनका अनुसार आगामी तीन दिनको मौसम पूर्वानुमानअनुसार शुक्रबार राति मुलुकभर सामान्यतया बदली रही देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै पूर्वी तथा मध्य पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
महाशाखाको बुलेटिनमा शनिबार मुलुकका अधिकांश स्थानमा बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ भने देशको पूर्वी तथा मध्य पहाडी भू–भागका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको उल्लेख छ । रातको समयमा पनि मुलुकको पश्चिमी तथा मध्य भू–भागका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।
आगामी आइतबार पनि मुलुकका अधिकांश भेगमा बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै देशको पहाडी भू–भागको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । शुक्रबार काठमाडौंमा २७ मिलिमिटर वर्षा भएको छ । ताप्लेजुङमा २०, धरानमा २८, सिमरामा ३८, भैरहवामा १६ र डडेलधुरामा १६ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ ।

No comments:

Post a Comment