Wednesday, August 14, 2019

वडाध्यक्ष घूससहित पक्राउ

दुई इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं, २८ साउन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको भंग्राहा नगरपालिका–८ का वडाध्यक्ष मोहम्मद रफिक आलमलाई मंगलबार घूससहित पक्राउ गरेको छ ।
सम्पन्न भएको योजनाको रकम भुक्तानीका लागि सिफारिस गरेबापत सेवाग्रहीसँग लिएको १ लाख ६० हजार रुपैयाँ घूससहित आलमलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारले उक्त घुस प्रकरणमा  संलग्न भएको आशंकामा भंग्राहा–८ कै वडा सदस्य कारी साहलाई समेत पक्राउ गरिएको उल्लेख गरेको छ । दुवै जनालाई हिरासतमा राखी अनुसन्धान अघि बढाइएको छ ।
अख्तियारले बाराको कलैया उपमहानगरका इन्जिनियरद्वय किशोर यादव र माधवप्रसाद यादवविरुद्ध मंगलबार नै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
यादवद्वयले सेवाग्राहीसँग घूस लिई वास्तविकभन्दा बढी काम देखाई भुक्तानी दिन सिफारिस गरी अनियमितता गरेकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारको अभियोगपत्रमा उनीहरूले कलैया उपमहानगर–२१ स्थित तपी मावि भोडहादेखि भदिलबासम्मको सडक ढलान गर्ने काममा वास्तविकभन्दा बढी काम भएको देखाई ५ लाख ७१ हजार रुपैयाँ अनियमितता गरेको उल्लेख छ ।
अख्तियारले उनीहरूलाई बिगो बराबर जरिवाना र जेल सजाय गर्नसमेत मागदाबी गरेको छ । मुद्दा दायर भएसँगै दुवै जना निलम्बित भएका छन् ।
   

No comments:

Post a Comment