Friday, August 2, 2019

भगौडा सैनिकलाई १० वर्ष जेल

काठमाडौं, १६ साउन– सैनिक अदालतले सशस्त्र द्वन्द्वकोलमा नेपाली सेनाबाट भागेर माओवादी लडाकु बनेका जवानलाई १० वर्ष जेल सजाय हुने फैसला गरेको छ । सेनाबाट भागेको १३ वर्षपछि पक्राउ परेका गोरखा, आरुघाट–९ का शक्ति गुरुङलाई सैनिक अदालतले जेल सजायको फैसला गरेको हो ।
नेपाली सेनाले भविष्यमा समेत सरकारी सेवामा अयोग्य हुने गरी गुरुङमाथि सैनिक अदालतले सजाय गरेको जानकारी दिएको छ । गुरुङ हतियारसहित २०६३ भदौमा भागेर तत्कालीन माओवादी सेनामा लागेका थिए । नेपाली सेनाले गत जेठमा राजधानीको कलंकीबाट गुरुङलाई पक्राउ गरी सैनिक अदालतमा मुद्दा चलाएको हो ।
सैनिक ऐन, २०६३ मा सैनिक अदालतबाट फैसला वा अन्तिम आदेशमाथि चित्त नबुझे अभियुक्तले माथिल्लो अदालतमा पुनरावेदन दर्ता गर्न सक्ने प्रावधान छ । फैसलाको ३५ दिनभित्र पुरावेदन दिइसक्नुपर्छ ।
न्याय परिषदो सिफारिसमा पुनरावेदन अदालतको न्यायाधीशको अध्यक्षतामा रक्षा मन्त्रालयका सचिव र सेनाको प्राड विवाकका प्रमुख सदस्य रहेको अदालतले पुनरावेदनमाथि सुनुवाइ गर्ने प्रावधान छ ।




No comments:

Post a Comment