Monday, August 12, 2019

इन्जिनियरिङ अध्ययनबिना सडकको ट्र्याक नखोल्न निर्देशन

काठमाडौं, २६ साउन– प्रतिनिधिसभा विकास तथा प्रविधि समितिले इन्जिनियरिङ अध्ययनबिना सडकको ट्र्याक नखोल्न सरकारलाई निर्देशन दिएको छ । समितिको आइतबार बसेको बैठकले जथाभाबी सडक ट्र्याक खोल्ने प्रवृत्तिले बाढीपहिरोस“गै वातावरणीय विनाश बढेको र राज्यको अर्बौं रकम दुरुपयोग भएको निष्कर्ष निकाल्दै यस्तो निर्देशन दिएको हो ।
समिति सदस्यहरूले बिनाअध्ययन सडक ट्र्याक खोल्ने कार्यले बाढी–पहिरोजस्ता विपद् निम्त्याएकाले आगामी दिन यस्तो कार्य हुन नदिन सरकारलाई आग्रह गरे । बैठकले निर्माणाधीन सडकमा वर्षामा आउन बहावको आ“कलन गरी कल्भर्ट र ‘क्रस डे«नेज’ को व्यवस्था मिलाएर मात्र निर्माण कार्य अघि बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ । 

समितिले आसन्न दसैं, तिहार, छठ, ल्होसार, इदलगायत चाडपर्वलाई मध्यनजर गरी हालैको बाढीपहिरोबाट क्षति पुगेका सडक र पुल प्राथमिकतासाथ मर्मत गरी नागरिकलाई सहज यातायातको प्रत्याभूति दिलाउन मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।
समितिले वर्षाका कारण क्षति पुगेका सडक–पुलको दीर्घकालीन समाधानका लागि तत्काल योजना बनाएर काम अघि बढाउनसमेत सरकारलाई निर्देश गरेको छ । केन्द्र, प्रदेश र स्थानीय तहमा वर्गीकरण गरिएका तर बर्खाले क्षति पुगेका सडक र पुल कसले बनाउने भन्ने द्विविधा तत्काल अन्त्य गरेर काम अघि बढाउन सुझाइएको छ ।
बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले बाढीपहिरोमा क्षतिग्रस्त सडक र पुल मर्मतलाई प्राथमिकतामा राखेर अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले वातावरणीय प्रभाव मूल्यांकनका नाममा कुनै पनि पूर्वाधार निर्माणमा विलम्ब गर्न नदिइने उल्लेख गर्दै यस वर्षका भौतिक पूर्वाधार निर्माणका सबै ठेक्का आगामी भदौभित्र सक्ने गरी काम अघि बढाइएको जानकारी गराए ।
‘सडक होस् वा अरू पूर्वाधार निर्माण नै किन नहोस्, जसले ठेक्का लिएको छ, उसले नै खनेको ठाउ“का खाल्टाखुल्टी पुर्नुपर्छ, कसैले हेलचेक्र्याइ“ ग¥यो भने उसले पाउने रकमबाट त्यो काम सम्पन्न गर्ने नीतिगत व्यवस्था गरिएको छ,’ उनले भने ।
बैठकमा समिति सदस्यहरूले भौतिक पूर्वाधारमन्त्री र मन्त्रालयका अधिकारीहरूसित हालैको अविरल वर्षाका कारण मुलुकका विभिन्न भागमा क्षति भएका सडक र पुलको विद्यमान अवस्थाबारे जानकारी लि“दै भत्किएका सडक र पुल छिटो मर्मत गर्न आग्रह गरे ।

No comments:

Post a Comment