Monday, August 5, 2019

प्रधानमन्त्री स्वास्थ्य परिक्षण गर्न सिंगापुर प्रस्थान

काठमाडौं, १८ साउन– प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि शनिबार राति सिंगापुर प्रस्थान गरेका छन् । उनी राति ९ः४५ मा सिल्क एयरबाट त्यसतर्फ गएका हुन् । उनले सिंगापुरस्थित ‘नेसनल युनिभर्सिटी हस्पिटल’ (एनयूएच) मा स्वास्थ्य परीक्षण गराउने छन् ।
प्रधानमन्त्रीसँग उनकी धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा. दिव्यासिंह शाहसमेत गएका छन् । उनी स्वास्थ्यमा समस्या थपिएपछि परीक्षणका लागि सिंगापुरको अस्पताल गएका हुन् । गत शुक्रबार सैनिक अस्पताल छाउनीमा स्वास्थ्य परीक्षण गरेपछि चिकित्सकले उनलाई सिंगापुर जान सुझाव दिएका थिए ।
ओलीले १२ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षण गराउ“दै आएका छन् । यसअघि उनी नियमित स्वास्थ्य परीक्षण गराउन थाइल्यान्ड गएका थिए । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षण गरेर एक सातापछि स्वदेश फर्कने कार्यक्रम छ ।

No comments:

Post a Comment