Monday, August 12, 2019

दुई इन्स्पेक्टरविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, २६ साउन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी वृत्त गौशालाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) द्वय रमेशबहादुर पाण्डे र राजु स्वर्णकारविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
पाण्डे र स्वर्णकारले सार्वजनिक अपराधको मुद्दा मिलाइदिने र थुनामा रहेका आरोपीलाई छुटाइदिने सर्तमा सेवाग्राहीसँग १८ हजार रुपैयाँ घूस लिएको पुष्टि भएकाले उनीहरूविरुद्ध मुद्दा चलाइएको अख्तियारले जनाएको छ । अभियोगपत्रमा दुवै जनालाई कैद सजाय र बिगो बराबर जरिवाना गर्न अख्तियारको मागदाबी छ । मुद्दा दायर भएसँगै दुवै इन्स्पेक्टर सेवाबाट निलम्बनमा परेका छन् । अख्तियारले धनुषाको नगराइन नगरपालिकाका सबइन्जिनियर उमेश मण्डललाई घूससहित पक्रिएको छ । 

सम्पन्न भएको योजनाको प्रतिवेदन तयार पारी भुक्तानी दिने क्रममा सेवाग्राहीसित लिएको ५५ हजार रुपैयाँ घूससहित मण्डललाई पक्राउ गरिएको अख्तियारले बताएको छ ।

No comments:

Post a Comment