Friday, August 2, 2019

ट्याक्सीमा छुटेको साढे दुई लाख चालकले फिर्ता गरे

काठमाडौं, १६ साउन– राजधानी उपत्यकामा सञ्चालित ट्याक्सीमा छुटेको साढे दुई लाख रुपैयाँ चालकले प्रहरीमार्फत सम्बन्धित व्यक्तिलाई खोजेर फिर्ता गरेका छन् ।
बा २ ज ४१५५ नंं.को टयाक्सी चालक सिन्धुली सुनकोसी घर भई ललितपुर बस्ने २७ वर्षीय कुलबहादुर श्रेष्ठले रुकुम सिस्नेका २६ वर्षीय विवेक खडकाको ट्याक्सीमा बिर्सेर छुटाएको रकम महानगरीय ट्राफिक महाशाखामा आएर फिर्ता गरेका हुन् ।
खडका बिहीबार बिहान सुन्धाराको सिभिल मलदेखि न्युरोड जाने क्रममा टयाक्सीमा रकम छाडेर हिडेपछि चालक श्रेष्ठ पैशा फिर्ता गर्न महाशाखामा गएका थिए । चालकले दिएको रकम महाशाखाका प्रहरी उपरिक्षक रविकुमार पौडेलले खडकालाई हस्तान्तरण गरेको जानकारी ट्राफिक प्रहरीले दिएको छ ।

No comments:

Post a Comment