Monday, October 1, 2018

अब पशुपतिमा लकरदेखि निःशुल्क टेम्पो सेवा

काठमाडौं, १४ असोज– अब पशुपतिनाथ मन्दिर दर्शन गर्न जानेहरूले आफ्ना बहुमूल्य सामान ‘लकर’ मा सुरक्षित रूपमा राख्न पाउने भएका छन् । पशुपति क्षेत्र विकास कोषले माछापुच्छ«े बैंकसितको सहकार्यमा आइतबारदेखि लकर सेवा सुरु गरेको छ ।
पशुपति क्षेत्रमा आइतबार आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडढययनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले लकर सेवाको सुरुआत गरे । लकर सेवास“गै अब दर्शनार्थीहरूले मन्दिरभित्र प्रवेश गर्दा गरगहना, मोबाइल, नगदलगायत बहुमूल्य सामग्री हराउने डरबाट मुक्ति पाउने विश्वास पशुपति विकास कोषले व्यक्त गरेको छ ।
कोषले लकर सेवा दर्शनार्थीहरूलाई निःशुल्क उपलब्ध गराउने छ । बैंकले पशुपतिनाथ मन्दिर क्षेत्रमा ५ सय १० वटा लकर उपलब्ध गराएको छ । लकर सेवा भुवनेश्वरी मन्दिरअगाडिको वरुणधारामा राखिएको छ । कोषले अब जुत्ताचप्पल राख्ने स्थलसमेत यही ठाउ“मा उपलब्ध गराउने भएको छ ।

विद्युतीय टेम्पो सेवा 
कोषले अशक्तहरूलाई पशुपतिको दर्शन गर्न जानका लागि आइतबारदेखि नै विद्युतीय टेम्पोबाट निःशुल्क यात्रु सेवा सुरु गरेको छ । विद्युतीय टेम्पो सेवा चार शिवालयबाट दक्षिणढोकासम्म सञ्चालन गरिएको छ । अब अशक्त, अपांगता भएका व्यक्ति र वृद्धवृद्धाले पशुपतिको दर्शन गर्न जान निःशुल्क रूपमा दुइटा विद्युतीय टेम्पोबाट सेवा लिन पाउने छन् । 
पशुपतिको मूल मन्दिर क्षेत्रमा सवारी साधन निषेध गरेपछि अशक्त र वृद्धवृद्धालाई दर्शन गर्न जना समस्या पर्दै आएका कारण लक्ष्मी बैंकसितको सहकार्यमा विद्युतीय टेम्पो सेवा सुरु गरिएको कोषले जनाएको छ । लक्ष्मी बैंकले दुइटा विद्युतीय टेम्पो कोषलाई उपलब्ध गराएको छ ।

No comments:

Post a Comment