Saturday, February 23, 2019

नेम्वाङले अख्तियारलाई बुझाए पाठकले घुस लिएको भिडियो

काठमाडौं, ९ फागुन– सत्तारूढ नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले घुस लिएको भिडियो बिहीबार अनुसन्धान टोलीलाई हस्तान्तरण गरेका छन् ।
प्रमुख आयुक्त नवीन घिमिरेले फोन गरी आग्रह गरेपछि नेम्वाङले भिडियो अख्तियारको अनुसन्धान टोलीलाई हस्तान्तरण गरेका हुन् । ‘पाठकलाई महाभियोग लगाउनका लागि राखेको भिडियो अख्तियारका अनुसन्धान अधिकृतलाई हस्तान्तरण गरें’ नेम्वाङले संवाददाताहरूसित भने, ‘सिंहदरबार आएर उहा“हरूले दुइटा भिडियो लैजानुभयो ।’
नेम्वाङले आफ्नो चस्मा राख्ने बट्टाबाट झिकेर भिडियो भएको पेन ड्राइभ अनुसन्धान अधिकृतलाई बुझाएका थिए । भिडियो सार्वजनिक भएलगत्तै पाठकले महाभियोगबाट बच्न आयुक्त पदबाट राजीनामा दिएका थिए ।
सार्वजनिक संस्थाका रूपमा दर्ता भएको भक्तपुरको चा“गुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजलाई सञ्चालक लम्बोदर न्यौपाने समूहको निजी स्वामित्वको बनाउने गरी मुद्दा मिलाउन पाठकले ७८ लाख रुपैया“ घुस लिएका लिए । उनले घुस लिएको सम्बन्धी समाचार कान्तिपुरसहितका मिडियामा सार्वजनिक भएपछि पाठकले राजिनामा दिएका हुन् ।
अख्तियारले सहसचिवको नेतृत्वमा तीन सदस्यीय कार्यदल बनाएर पाठकको विषयमा छानबिन सुरु गरेको छ । ‘पाठक प्रकरणबाट अख्तियारकै जिम्मेवार व्यक्तिले घुस लिन्छन् भन्ने सन्देश गएको छ’ नेम्वाङले भने, ‘छवि सुधार्नका लागि पनि अख्तियार आफैंले यो मुद्दामा तदारुकता दिएर छानबिन गरी कारबाहीको प्रक्रिया अघि बढाउनु जरुरी छ ।’



No comments:

Post a Comment