Friday, February 1, 2019

दुई राप्रपाबीच एकीकरण

काठमाडौं, १८ माघ– राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) को औपचारिक रूपमा एकीकरण भई शुक्रबार राप्रपा (संयुक्त) गठन भएको छ ।
राजधानीमा शुक्रबार एकता सभा गरी पशुपतिसमसेर राणा र प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेका दुई राप्रपाबीच एकीकरण भएको हो । हिन्दू राष्ट्र र सबै पक्षलाई चित्त बुझ्ने साझा संस्थाका रूपमा राजसंस्थासहितको प्रजातन्त्रलाई वैचारिक नीतिका रूपमा अवलम्बन गर्दै संविधान कार्यान्वयनमा प्रतिबद्ध रहन दुवै पार्टी सहमत भई एकता घोषणा गरिएको नेताहरूले जनाएका छन् । एक महीनाभित्रमा दुवै पार्टीको विधानलाई आधार मानेर अन्तरिम विधान निर्माण गरिनेछ । एक वर्षभित्रमा एकीकृत पार्टीको महाधिवेशन सम्पन्न गरिनेछ ।
महाधिवेशन नहुन्जेलसम्म दुवै पार्टीका अध्यक्षको संयुक्त नेतृत्व प्रणालीअन्तर्गत पार्टी सञ्चालन गरिनेछ । पार्टीका महत्वपूर्ण निर्णय अध्यक्षद्वय राणा र लोहनी तथा पूर्वप्रधानमन्त्री लोकन्द्रबहादुर चन्दको सहमतिमा हुने घोषणासमेत एकता सभामा गरिएको थियो ।


No comments:

Post a Comment