Wednesday, February 20, 2019

१८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, ७ फागुन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सांसद विकास कोषको रकमबाट विद्युत विस्तारका लागि गरेको खर्चमा १० लाख भ्रष्टाचार गरेकामा सल्यानका तत्कालीन स्थानीय विकास अधिकारी खिमबहादुर रायमाझीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
रायमाझीसहित सल्यानको तत्कालीन जिल्ला विकास समितिका प्रमुख इन्जिनयर जगदीश शर्मा, कृष्ण पण्डित, लेखा अधिकृत प्रकाश केसी, नासु जीवराज केसीसहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
ग्रामीण विद्युतीकरण शिवरथ उपभोक्ता समितिमार्फत भएको काममा पोलमात्र गाड्ने काम भई अन्य काम फर्जी भएको पाइएको अख्तियारले अभियोगपत्रमा उल्लेख गरेको छ । उपभोक्ता समितिका अध्यक्ष इन्द्रबहादुर भण्डारीसहित समितिका ४ पदाधिकारी र ठेकेदार विनोद केसीलाई समेत भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
उनीहरूले १५ लाख रुपैयाँको योजनामा ५ लाखको मात्र पोल गाडेर १० लाख रुपैया“ लाख रुपैया“ हिनामिना गरेको अख्तियारले उल्लेख गरेको छ । 
तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तयारले जग्गा किनबेचमा राजस्व छलेर अनियमितता गरेको आरोपमा जिल्ला मालपोत कार्यालय सुनसरीका नापी सर्वेक्षक अमरकुमार झा र जग्गाधनीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
जग्गा किनबेच गर्दा लाग्ने राजस्वभन्दा ४५ लाख कम रकम लिई लेखापढी व्यवसायीको समेत मिलेमतोमा राजस्व छली गरेको अभियोगमा जग्गाधनीसहित तीन जनाविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । अभियोगपत्रमा अख्तियारले जग्गाधनी कुन्तादेवी श्रेष्ठ, जग्गा खरीदकर्ता पद्मा कोलोनीका अध्यक्ष राजुप्रसाद कँडेल, नापी सर्वेक्षक झालाई ४५ लाख बिगो कायम गरी जरिवाना र जेल सजाय गर्न माग दाबी गरेको छ ।

No comments:

Post a Comment