Wednesday, February 20, 2019

मन्त्रीसँग कुरा नमिलेपछि सचिवको सरुवा

काठमाडौं, ७ फागुन– मेलम्ची खानेपानी आयोजनालाई अघि बढाउने विषयमा मन्त्री बिना मगरस“ग मत बाझिएपछि खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरको सरुवा भएको छ ।
आयोजना बीचमै छाडेर हिडेको इटालियन कम्पनी सीएमसीलाई भुक्तानी दिने विषयमा बिना मगरस“ग मतान्तर बढदै गएपछि सचिव ठाकुरको सरुवा भएको हो । मन्त्रिपरिषदको सोमबार बसेका बैठकले ठाकुरलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पठाई जगेडामा राखेको छ ।
मन्त्री मगरले मेलम्ची खानेपानी आयोजना विकास समितिको अध्यक्षसमेत रहेका सचिव ठाकुरलाई ठेकदार कम्पनी सीएमसीलाई २ अर्ब ६० करोड रुपैया“ भुक्तानी दिन दबाब दिंदै आएकी थिइन् ।
सचिव ठाकुरले विवाद समाधान समितिले सीएमसीले दाबी गरेको २ अर्ब ६० करोडका ठाउँमा ३५ करोड रुपैया“मात्र भुक्तानी दिन सिफारिस गरेको र त्योभन्दा बढी दिन नसकिने अडानसहित मन्त्रीको दबाब अस्वीकार गर्दै आएका थिए ।
मन्त्री मगरले ठेक्का कानुनी रूपमा तोडिएपछि पनि २ अर्ब ६० करोड दिएर भए पनि सीएमसीलाई फर्काउन मेलम्ची खानेपानी समितिलाई दबाब दिएकी थिइन् ।
सचिव ठाकुर र आयोजनाका अधिकारीहरूले कानुन र ठेक्का सम्झौताविपरीत सीएमसीलाई २ अर्ब ६० करोड दिन नसकिने अडान राख्दै आएका थिए । मन्त्री मगर भने जसरी भए पनि सीएमसीलाई फर्काएर मेलम्ची आयोजनाको अवरुद्ध काम सुचारु गर्ने पक्षमा छन् ।

No comments:

Post a Comment