Friday, February 15, 2019

लगानी भित्र्याउन र निर्यात बढाउन प्रयास गर्छौं : नवनियुक्त तीन राजदूत

काठमाडौं, २ फागुन– तीन मित्र राष्ट्रका लागि नवनियुक्त नेपाली राजदूतले कूटनीतिक सम्बन्धलाई मजबुत बनाई वैदेशिक रोजगारीलाई मर्यादित र व्यवस्थित बनाउन आफूहरूले प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरूले कूटनीतिक पहल गरी मित्र राष्ट्रहरूबाट प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउनसमेत सक्दो प्रयास गर्ने बताए ।
प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबार बसेको बैठकमा सहभागी भारत, मलेसिया र संयुक्त अरब इमिरेट्स (युएई) का लागि नवनियुक्त नेपाली राजतदूतले नेपालको व्यापार घाटा न्यूनीकरणका लागि नेपाली उत्पादनको प्रचार गरी निर्यात प्रवद्र्धन गर्न लागिपर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।
भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले निर्यात प्रवद्र्धनमा देखिएका कानुनी र व्यावहारिक झन्झट हटाउन आफूले पहल गर्ने बताए । ‘निर्यातको परिमाण र विविधता बढाउन आवश्यक छ । दुई देशको संयुक्त लगानीमा उद्योग कलकारखाना सञ्चालन गरेर निर्यात बढाउन सकिन्छ । यसतर्फ म पहल गर्छु’ उनले भने ।
मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले मलेसियाली सरकारस“ग असल श्रम सम्बन्ध कायम गर्ने प्रतिबद्धता व्यक्त गर्दै मलेसियालगायत फिलिपिन्स, ब्रुनाई र इन्डोनेसियाबाट समेत वैदेशिक लगानी भित्र्याउन पहल गर्ने बताए ।युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाई विदेशमा रहेका नेपाली घरेलु कामदारको समस्या समाधान गर्न पहल गर्ने बताए । उनले युएईमा नेपाली कृषिजन्य उत्पादन निर्यात गर्ने प्रचूर सम्भावना रहेको उल्लेख गर्दै कृषि, पानी प्रशोधन र पुष्प खेतीका क्षेत्रमा लगानी भित्र्याउन र तिनको उत्पादन बिक्री गरेर व्यापार घाटा कम गर्न सकिने बताए ।



No comments:

Post a Comment