Monday, February 18, 2019

सरकारी चिकित्सकद्वारा सामूहिक राजीनामाको चेतावनी

काठमाडौं, ५ फागुन– सरकारी चिकित्सकहरूले कर्मचारी समायोजन विधेयकविरुद्ध सामूहिक राजीनामा दिनेलगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । स्वास्थ्य मन्त्रालयमा विशिष्ट श्रेणीका चिकित्सकमध्येबाटै सचिव बढुवा हुने व्यवस्था गर्न र आफूहरूको वृत्तिविकास रोकिने गरी समायोजन विधेयक सच्याउन माग गर्दै सरकारी चिकित्सकहरूले आइताबर दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् ।
सरकारी चिकित्सक संघ (गोदान) ले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी विधेयक परिमार्जन गर्न सरकारलाई बाध्य पार्न सामूहिक राजीनामा दिनेलगायतका एक हप्ते आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।
संघका अध्यक्ष दिपेन्द्र पाण्डेले घोषित कार्यक्रममा विधेयक सच्याउन राष्ट्रपति विद्या भण्डारी र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनास“ग एकपटक आग्रह गर्ने र त्यसो नभए आकस्मिकबाहेकका सबै सेवामा काम ठप्प पारी गरी मुलुकभर अवज्ञा आन्दोलन सुरु गर्ने निर्णय गरिएको जानकारी दिए ।
सप्रतिनिधिसभाबाट आफूहरूको मागलाई सम्बोधन नगरी विधेयक पारित भएको भन्दै संघले सोमबार मुलुकभरका चिकित्सकहरूले विधेयक सच्याउन सरकारलाई दबाब दिंदै स्वेच्छिक सामूहिक राजीनामाका लागि हस्ताक्षर अभियान सञ्चालन गर्ने जनाएको छ ।संघका अनुसार सरकारी चिकित्सकहरूले मंगलबार माइतीघरमा आन्दोलनका लागि सहयोग गर्न सर्वसाधारणलाई अपिल गर्दै रक्तदान कार्यक्रम राखेका छन् ।
सरकारी चिकित्सकहरूले बुधबार सामूहिक बिदामा बस्ने, बिहीबार राजीनामा संकलन भएपश्चात सरकारलाई बुझाउन काठमाडौंमा भेला हुने तथा त्यसो गर्दा पनि आफूहरूको माग सरकारले सम्बोधन नगरे सबै सरकारी अस्पतालको सेवा ठप्प गरी अवज्ञा आन्दोलन सुरु गर्ने कार्यक्रम रहेको जानकारी पाण्डेले दिए ।



No comments:

Post a Comment