Monday, February 4, 2019

प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, २० माघ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनता माध्यमिक विद्यालय, सिराहाका प्रधानाध्यापक मोहम्मद सनाउल्लाह खा“विरुद्ध विशेष अदालतमा आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको छ । विद्यालय भवन निर्माणका क्रममा १० लाख १८ हजार ६ सय ७० रुपैया“  भ्रष्टाचार गरेकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारले विद्यालय भवन निर्माणको कार्य प्राविधिक लगतअनुसार नगरेको, छात्रवृत्ति वितरण तथा पाठ्यपुस्तक वितरण नगरेको, आर्थिक वर्ष २०६७÷०६८ को पुरानो शौचालय हालसम्म पनि मर्मतसम्भार जस्ता धेरै कार्यमा आर्थिक हिनामिना गरेको उजुरीको अध्ययन गर्दा भ्रष्टाचार भएको पाइएको अभियोगपत्रमा मागदाबी गरेको छ ।
प्रधानाध्यापक खा“ले भवन निर्माणको लागि विनियोजित रकम र विद्यालयको आन्तरिक स्रोतको काम नै नगरी खर्च देखाई निर्माण बजेट र आन्तरिक स्रोतसमेत दुरुपयोग गरेको अभियोगपत्रमा उल्लेख छ । अख्तियारले खा“विरुद्ध बिगो असुल गरी कैद सजायसमेत गर्न मागदाबी गरेको छ ।

No comments:

Post a Comment