Friday, February 1, 2019

दुई राप्रपाबीच आज एकता

काठमाडौं, १७ माघ– पशुपतिसमशेर जबरा र प्रकाशचन्द्र लोहनी नेतृत्वका दुई राप्रपाबीच शुक्रबार एकताको घोषणा हुने भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) बीच बिहीबार एकीकरणको आधारपत्रमा हस्ताक्षर भएस“गै एकताको टुंगो लागेको हो । एकीकरणपछि पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) राख्ने सहमति बनेको छ । चुनाव चिह्न ’हलो’ हुने भएको छ ।
पार्टी एकता घोषणाका लागि शुक्रबार दिउ“सो १ बजे राष्ट्रिय सभागृहमा कार्यक्रम तय गरिएको छ । एक वर्षभित्र पार्टी महाधिवेशन गर्ने, महाधिवेशन नहुञ्जेलसम्मका लागि समान हैसियतमा दुई अध्यक्ष रहने आधारपत्रमा उल्लेख छ ।
मुलुकमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने उद्देश्यले एकीकरण गर्न लागिएको नेताहरूले बताएका छन् । 

एकीकृत पार्टीको वैचारिक आधार राष्ट्रियता, प्रजातन्त्र र उदारवाद हुने उल्लेछ ।  नीति र सिद्धान्त भने सबै धर्मबीच समानता र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सांपेक्ष हिन्दू राष्ट्र, राजसंस्थासहितको प्रजातन्त्र, उदार अर्थतन्त्र र असंलग्न परराष्ट्र नीति हुने जनाइएको छ । महाधिवेशनसम्म पार्टीको दैनिक कार्य सञ्चालनका लागि दुवै अध्यक्ष रहेको निर्देशन समिति बनाइनेछ ।

No comments:

Post a Comment