Tuesday, February 12, 2019

एसपी उप्रेतीद्वारा राजिनामा

बढुवा सिफारिसप्रति असन्तुष्टि
काठमाडौं, २७ माघ– प्रहरी वरिष्ठ उपरिक्षक नरेन्द्र उप्रेतीले नेपाल प्रहरीको बढुवा सिफारिसप्रति असन्तुष्टि जनाउँदै आइतबार राजीनामा दिएका छन् । उनले आफूभन्दा जुनियरको बढुवा सिफारिस भए पनि आफ्नो नभएकाले नैतिकताको आधारमा राजीनामा दिएको उल्लेख गरेका छन् । उनले आइतबार नै प्रहरी प्रधान कार्यालयमा राजिनामापत्र बुझाएका छन् ।
एसपी उप्रेती महानगरीय अपराध अनुसन्धान महाशाखामा कार्यरत छन् । बढुवा समितिले शनिबार १४ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरी सूची प्रकाशित गरेको छ । बढुवा समितिमा लोकसेवा आयोगका सदस्य, गृह सचिव र प्रहरी महानिरीक्षक छन् ।
एसएसपीमा बढुवा सिफारिस भएका भीम ढकाल, दीपक थापा, टेकबहादुर तामाङ उप्रेतीभन्दा जुनियर हुन् ।
एसएसपी बढुवाको सिफारिस भएका एसपीमा सन्दीप भभण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली,  गणेश रेग्मी, रामदत्त जोशी, दीपक थापा, मीरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, वसन्तबहादुर कु“वर र भीमप्रसाद ढकाल छन् ।
मन्त्रिपरिषदले हालै प्रहरी नियमावली संशोधन गरेर तीन वर्षमा नै एसएसपीमा बढुवा हुने बाटो खोलेको थियो । नियमावली संशोधन हुन नसक्दा विगत चार महिनादेखि १४ जना एसएसपी दरबन्दी खाली रहेको थियो।
एसएसपीमा बढुवाको लागि एसपीमा चार वर्ष काम गरेको हुनुपर्ने व्यवस्था नियमावलीमा थियो । संशोधनपछि एसपीमा तीन वर्ष  कार्य गरेको प्रहरी अधिकृत एसएसपीमा बढुवा हुन पाउने व्यवस्था गरिएको छ ।

No comments:

Post a Comment