Saturday, February 9, 2019

घुस प्रकरणमा न्यायाधीश बानियाँ तानिए

काठमाडौं, २५ माघ– न्याय परिषदले काठमाडौं जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाँलाई ‘घुस प्रकरण’ मा छानबिन गर्न आफ्नो सचिवालयमा तानेको छ ।
सेवाग्राहीसँग लिएको ५ लाख रुपैयाँ घूससहित पक्राउ परेका काठमाडौं जिल्ला अदालतका नायब सुब्बा भोलानाथ चालिसेले आफूले न्यायाधीश बानिया“को आग्रहमै पैसा बुझेको बयान दिएका छन् । चालिसे बानियाँकै इजलाशमा कार्यरत नासु हुन् ।
न्यायाधीश बानियाँमाथि गम्भीर आरोप लागेकाले उनीमाथि छानबिन गर्न न्याय परिषद सचिवालयमा तानिएको जानकारी स्रोतले दिएका छन् ।
काठमाडौं जिल्ला अदालतमा रहेको सवारी ज्यान मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीस“ग लिएको ५ लाख रुपैयाँ घूससहित अख्तियारले नायब सुब्बा चालिसेलाई माघ १७ मा पक्राउ गरेको थियो ।
चालिसेले अख्तियारको छानबिन टोलीसितको बयानका क्रममा बानियाँकै आग्रहमा आफूले सेवाग्राहीस“ग घुस लिएको बताएको जानकारी आयोग स्रोतले दिएको छ ।
अख्तियारका एक आयुक्तले न्यायाधीश बानियाँ घूस प्रकरणमा जोडिएको प्रमाणसहितको जानकारी प्रधानन्यायाधीश चोलेन्द्रसमसेर राणा गराएका थिए । राणाले तत्काल बानिया“लाई न्यायपरिषदमा तानी अख्तियारलाई घुस प्रकरणमा थप प्रमाण जुटाउनसमेत निर्देशन दिएको जानकारी सर्वोच्च अदालत स्रोतले दिएको छ ।
स्रोतका अनुसार न्याय परिषदले शुक्रबार नै अख्तियारसित घुस प्रकरणको प्रमाण मागी न्यायाधीश बानिया“माथि छानबिन सुरु गरेको छ ।
प्रधानन्यायाधीश राणाले न्याय निरुपणका क्रममा गलत काम गरेका ७ जना न्यायाधीशमाथि यसअघि नै न्याय परिषदमा तानेर कारबाहीको प्रक्रिया अघि बढाएका छन् ।
राणा न्यायालयको नेतृत्वमा आएपछि न्याय निरुपणमा गलत काम हुन नदिन न्याय परिषदलाई सक्रिय गराएका छन् । यस क्रममा १० जना न्यायाधीशलाई परिषदमा तानेर उनीहरूमाथि छानबिन सुरु गरिएको छ ।
ललितपुर जिल्ला अदालतका मुख्य न्यायाधीश विश्वमंगल आत्रेय र तनहु“का मुख्य न्यायाधीश ओमकार उपाध्यायमाथि छानबिनका लागि परिषदले सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।
मलेसिया जाने नेपाली कामदारसित स्वास्थ्य जा“च र भिसा प्रोसेसिङका क्रममा चर्को रकम असुलेर ठगी गर्दै आएको भीएलएनका सञ्चालक रामकुमार श्रेष्ठलाई सफाइ दिएकामा ललितपुरका प्रमुख जिल्ला न्यायाधीश विश्वमंगल आत्रेयमाथि छानबिन सुरु भएको हो ।
न्याय परिषदले सर्लाहीका प्रमुख न्यायाधीश रहेका राजेश काफ्ले र भक्तपुरका प्रमुख न्यायाधीश मोहम्मद जुनेद आलमलाई न्याय परिषदमा तानी सातदिने स्पष्टीकरण सोधेको छ ।
३३ किलो सुन काण्डमा संलग्नहरूलाई साधारण तारेखमा रिहा गरेकामा उच्च अदालत विराटनगरका प्रमुख न्यायाधीश कुलरत्न भुर्तेलसहितका न्यायाधीशहरूमाथि कारबाही गर्नसमेत न्याय परिषदले छानबिन सुरु गरेको छ ।


No comments:

Post a Comment