Tuesday, February 12, 2019

प्रजातन्त्र दिवस मनाउन समिति गठन

 काठमाडौंं, २८ माघ– सरकारले ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवस फागुन ७ मा भव्यताका साथ मनाउने निर्णय गरेको छ । सरकारले प्रजातन्त्र दिवस मनाउन प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ ।
समारोहलाई सफल बनाउन विभिन्न उपसमितिहरू पनि गठन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीको अध्यक्षमा गठित मूल समारोह समितिमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरु, सांसदहरु, संवैधानिक निकायका प्रमुख सदस्य छन् ।
फागुन ७ गते सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने समारोहमा राष्ट्रपति विद्या भण्डारी प्रमुख अतिथि र उपराष्ट्रपति नन्दबहादुर पुन विशेष अतिथिको रूपमा सहभागी हुने छन् । प्रधानमन्त्री ओली समारोहलाई ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।
सरकारले प्रजातन्त्र दिवसका उपलक्ष्यमा फागुन ६, ७ र ८ गते सा“झ दिपावली मनाउने र विदेशस्थित नेपाली दुतावास र नियोगहरुमा प्रजातन्त्र दिवससम्बन्धी विभिन्न कार्यक्रम गर्ने निर्णयसमेत गरेको छ ।

No comments:

Post a Comment