Friday, February 1, 2019

राजदूत शेर्पाद्वारा राजिनामा

‘ममाथिका आरोप मिथ्या’
काठमाडौं, १८ माघ– मानव तस्करीको अभियोग लागेकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले शुक्रबार पदबाट राजीनामा दिएकी छिन् ।  शेर्पामाथि मानव तस्करीको अभियोग लागेपछि परराष्ट्र मन्त्रालयले काठमाडौं झिकाएर उनीमाथि छानबिन गरेको थियो ।
छानबिन प्रतिवेदनपछि सरकारले शेर्पालाई अस्ट्रेलियामा गई बिदाइ भएर आउन निर्देशन दिएको थियो ।  अस्ट्रेलियाबाट फर्कनासाथ उनले राजिनामापत्र बुझाएकी हुन् । शेर्पालाई आफ्नै सवारी चालक वाङु शेर्पाले आफूलाई अस्ट्रेलिया लैजाँदा पैसा असुलेको र आफ्नी श्रीमतीलाई सहयोगीका रूपमा अस्ट्रेलिया ल्याउन मोटो रकम मागेकोलगायतका आरोप लगाएका थिए । राजिनामापछि उनले शुक्रबार वक्तव्य नै जारी गरी आफूमाथि लागेको अभियोग मिथ्या भएको दाबी गरेकी छन् । उनले वक्तव्यमा आफ्नो जीवनको सुरुवात मानव तस्करीविरुद्धको अभियानबाट भएको दाबी गरेकी छन् ।
‘संगीन र आधारहीन आरोप लगाउनुभन्दा अगाडि एकचोटी घोत्लिएर सोच्नु जरुरी छ मेरो जीवनको करियरको सुरुवात नै मानव तस्करीविरुद्धको अभियानबाट सुरु भएको हो’ वक्तव्यमा छ, ‘मेरो जीवन खुला किताबजस्तै छ । मेरो सर्वस्व भनेकै इमानदारी हो । मिथ्या आरोपको बारेमा सम्बन्धित दुताबासहरुस“ग सत्यतथ्य जानकारी लिन सकिने सूचनाको हक यहा“हरू सबैमा छ ।’

No comments:

Post a Comment