Thursday, February 21, 2019

सुन तस्करीको सञ्जाल ध्वस्त पार्न सरकार सफल : गृहमन्त्री

काठमाडौं, ८ फागुन– गृहमन्त्री रामबहादुर थापाले सरकार मुलुकमा शान्ति सुरक्षाको स्थिति सुदृढ बनाउन सफल भएको दाबी गरेका छन् । राष्ट्रियसभा बैठकमा बुधबार सांसदहरूले उठाएको प्रश्नको जवाफ दिंदै गृहमन्त्रीले ९५ प्रतिशत अपराधीलाई प्रहरी प्रशासनले कानुनी कठघरामा ल्याएको दाबी गरे ।
‘अपराधीलाई कानुनी कठघरामा ल्याउन सरकार सफल छ’ उनले भने ‘९५ प्रतिशत अपराधीलाई कानुनको कठघरामा ल्याएका छौं, कतिपय घटनामा अझ पनि सफल हुन सकेका छैनांैं । हामी त्यसमा प्रयत्नरत छौं ।’
उनले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा भने जति प्रयास गर्दा पनि अहिलेसम्म अपराधी पत्ता लगाउन नसकिएको स्वीकार गरे । ‘निर्मला पन्तको बलात्कार र हत्याको घटनामा अपराधीलाई जसरी शीघ्रताको साथमा कानूनको कठघरामा ल्याउनुपथ्र्यो  त्यसमा सफल हुन सकेका छैनौं’ उनले भने ‘अपराधी पत्ता लगाउने प्रयासलाई निरन्तरता दिएका छौं, हामीलाई विश्वास छ छिट्टै अपराधी कानुनी कठघरामा आउनेछन् ।’
सांसदहरूले घटनाको अनुसन्धानमा गम्भीर लापरबाही गर्ने प्रहरी अधिकारीहरूलाई प्रमाण लोप गराएको आरोपमा फौजदारी अभियोगमा मुद्दा दर्ता गरी कारबाही अगाडि बढाउन माग गरेका थिए ।
गृह मन्त्रीले  घटनाको अनुसन्धानमा गम्भीर लापरबाही गर्ने प्रहरी अधिकारीहरूमाथि अनुसन्धान भइरहेको उल्लेख गर्दै दोषी पाइएमा सरकारले फौजदारी मुद्दा चलाउने बताए । ‘छानबिन आयोग र समितिको रिपोर्टअनुसार कारबाही गरिएको हो, उनीहरूमाथि अनुसन्धान जारी छ । अनुसन्धानबाट त्यो निष्कर्ष आयो भने दोषी प्रहरी अधिकारीहरूमाथि फौजदारी अपराधमा कारबाही हुन्छ’ मन्त्री थापाले भने ।
मन्त्री थापाले ३३ किलोको सुन तस्करी प्रकरणको ठूलो सञ्जाललाई ध्वस्त पार्न सरकार सफल भएको दाबीसमेत गरे । उनी सुन तस्करले नया“ बाटो प्रयोग गर्न थालेको उल्लेख गर्दै सरकार त्यसलाई पनि ध्वस्त पार्ने बताए । ‘तस्करले नया“ बाटो, नया“ उपाय अवलम्बन गरेर छिटफुट रूपमा सुन तस्करी गरिरहेका छन्’ थापाले भने ‘नया“ सञ्जाल र नया“ रुटलाई समेत  ध्वस्त पार्ने कुरामा सरकार लागिरहेको छ ।’
उनले सार्वजनिक यातायातमा रहेको सिण्डिकेट सरकारले अन्त्य गरेको दाबी गर्दै सिन्डिकेट फेरि फर्केर आउने सम्भावना नभएको बताए ।

No comments:

Post a Comment