Thursday, February 14, 2019

मुस्लिम आयोगमा प्रस्तावित अध्यक्षविरुद्द दुई उजुरी


काठमाडौं, १ फागुन– मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समिम अन्सारीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको दाबी गर्दै संघीय संसदको संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ ।
 ‘अन्सारीको भारतीय शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली हो, नक्कली प्रमाणपत्रधारीलाई नियुक्त गर्न नहुने जिकिर गर्दै उजुरी परेको छ’ संसद सचिवालय स्रोतले भन्यो ।
त्रिभुवन विश्वविद्यालयले अन्सारीको भारतीय कलेजको शैक्षिक प्रमाणपत्रलाई मान्यता दिएको छ । संवैधानिक परिषदले समितिमा पठाएको पत्रमा अन्सारीको प्रमाणपत्रलाई त्रिविले समकक्षता प्रदान गरेको पत्रसमेत पठाएको छ । अन्सारीविरुद्ध विगतका गतिविधिले उनी संवैधानिक आयोगको अध्यक्ष हुने हैसियत नराख्ने व्यक्ति भएको जिकिर गर्दै अर्को उजुरीसमेत परेको छ ।
माघ ६ मा संवैधानिक परिषदले मुस्लिम आयोगसहित विभिन्न ५ संवैधानिक आयोगको अध्यक्षको नियुक्त गर्न नाम सिफारिस गरी सुनुवाइका लागि समितिमा पठाएको थियो ।पा“चै आयोगका प्रस्तावित अध्यक्षविरुद्ध सुनुवाइ समितिले १० दिने सूचना निकालेर उजुरी आह्वान गरेको थियो । उजुरी दिने समयावधि बुधवार सकिएको छ । संवैधानिक आयोगका अध्यक्षहरूविरुद्ध जम्मा ४ वटा उजुरी परेको जानकारी सचिवालय स्रोतले दिएको छ ।
समितिले उजुरीको अध्ययन र उजुरीकर्तासँग छलफल गरी अध्यक्षमा सिफारिस पा“चै जनालाई बोलाएर सुनुवाइ गर्ने मिति तय गर्नेछ । परिषदले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा शान्तराज सुवेदी, मधेसी आयोगमा विजयकुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णुकुमार चौधरीको नाम सिफारिस गरेको छ ।

No comments:

Post a Comment