Wednesday, February 6, 2019

सांंसद थापाद्वारा बमजनबारे प्रतिनिधिसभामा गृहमन्त्रीको जवाफ माग

काठमाडौं, २१ माघ– प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद गगन थापाले तपस्वीको भेष धारण गरेका रामबहादुर बमजनले आफ्ना आश्रमहरूमा बस्ने आनी र चेलीहरूमाथि चलाएको यौनजन्य हिंसा, बलात्कार र हत्याको घटनाबारे सरकारको धारणा माग्दै प्रतिनिधिसभामा प्रश्न दर्ता गराएका छन् ।
उनले सोमबार इमेलमार्फत प्रश्न दर्ता गरी गृहमन्त्री रामबहादुर थापालाई प्रतिनिधिसभामार्फत् यसबारे उत्तर दिन लिखित माग गरेका हुन् । प्रतिनिधिसभाको नियमावलीमा सांसदले दर्ता गरेका प्रश्नको उत्तर सम्बन्धित मन्त्रीले १० दिनभित्र दिनुपर्ने व्यवस्था छ ।
उनले विभिन्न सञ्चार माध्यममा बमजन बलात्कार, यौनजन्य हिंसा र हत्याजस्तो गम्भीर अपराधमा संलग्न रहेको तथ्य सार्वजनिक भइरहेको उल्लेख गर्दै सरकारको धारणा र अनुसन्धान प्रक्रियाबारे जानकारी दिन माग गरेका छन् ।
’सञ्चार माध्यममार्फत् पीडित पक्षका अभिव्यक्तिहरू समेत आइरहेका छन् । यस सन्दर्भमा गृहमन्त्रीज्यूलाई मेरो प्रश्न छ– यसरी खोज अनुसन्धानसहितका समाचार श्रृंखलावद्ध रूपमा आइरह“दा यस्तो जघन्य अपराधको घटनाका सन्दर्भमा सरकारको धारणा के छ ?’ उनले प्रतिनिधिसभामा दर्ता गरेको प्रश्नमा भनेका छन्– ’प्रहरी अनुसन्धान र छानबिनको प्रकृया कहाँ पुगेको छ ? र सञ्चार माध्यममा सार्वजनिक भएजस्तो बमजन आश्रमका गम्भीर आपराधिक क्रियाकलाप रोक्न, पीडितहरूलाई सुरक्षा र न्याय प्रदान गर्न सरकारले के कस्तो प्रयास गरिरहेको छ ? यस सदनमार्फत् यी प्रश्नको उत्तरको अपेक्षा गरेको छु ।’


No comments:

Post a Comment