Monday, February 25, 2019

पाठकमाथि छानबिन सुरु भइसकेको छ : प्रमुख आयुक्त

काठमाडौं, १२ फागुन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरेले ७८ लाख रुपैयाँ घुस लिएको प्रकरणमा परेका अख्तियारका आयुक्त राजनारायण पाठकमाथि अनुसन्धान भइरहेको जानकारी संघीय संसदलाई गराएका छन् ।
राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको आइतबार बसेको बैठकमा उपस्थित घिमिरेले पाठकमाथि अख्तियारले सुरु गरेको अनुसन्धान केही दिनभित्रै निष्कर्षमा पुग्ने बताए ।
उनले पाठकको घुस काण्डले अख्तियारमाथि गम्भीर प्रश्न उठेको र आफूहरू त्यसमाथि चिन्तित रहेको बताए । ‘पाठकको घुस प्रकरणमाथि अनुसन्धान गर्न सहसचिवको संयोजकत्वमा गठित तीन सदस्य छानबिन कार्यदलले अनुसन्धान सुरु गरिसकेको छ । भ्रष्टाचारमा कसैले पनि उन्मुक्ति पाउँदैन’ उनले भने ।
घिमिरेले नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरिद प्रकरणमा समेत अनियमितताको अनुसन्धान गर्न अख्तियारद्वारा गठित तीन सदस्यीय छानबिन कार्यदलले काम गरिरहेको जानकारीसमेत गराए ।
उनले वाइडबडी खरिद प्रकरणमा संलग्न पदाधिकारीसँग कार्यदलले बयान लिने क्रम सुरु गरिसकेकोसमेत जानकारी दिए ।

No comments:

Post a Comment