Wednesday, February 27, 2019

कोरम नपुगेर सुनुवाइ समितिको बैठक दोस्रोपटक स्थगित

काठमाडौं, १४ फागुन– गणपुरक संख्या (कोरम) नपुगेपछि संघीय संसदको सुनुवाइ समितिको बैठक दोस्रोपटक स्थगित भएको छ ।
थारू आयोग र मधेसी आयोगको अध्यक्षमा सिफारिस दुई जनामाथि सुनुवाइ गर्न मंगलबारका लागि बोलाइएको बैठक कोरम नपुगेपछि सुरु नै नभई स्थगित भएको हो ।
संवैधानिक परिषदले थारू आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरी र मधेसी आयोगको अध्यक्षका लागि विजयकुमार दत्तको नाम सिफारिस गरेको छ । सुनुवाइमा सहभागी हुन आएका चौधरी र दत्त बैठक नबसेपछि करिब एक घन्टा कुरेर फर्किएका थिए ।
चौधरी र थारूको नाममा सुनुवाइ गर्न आइतबार बोलाइएको बैठकसमेत कोरम नपुगेपछि स्थगित भएको थियो ।
समितिको बैठक बस्न बहुमत सदस्य उपस्थित हुनै पर्ने संघीय संसदको नियमावलीमा व्यवस्था गरिएको छ । १५ सदस्यीय सुनुवाइ समितिको बैठक बस्न ८ सदस्य उपस्थित हुनै पर्छ । मंगलबार समितिका ७ सदस्यमात्र उपस्थित थिए ।
चार सदस्य रहेको कांग्रेसले प्रतिपक्षी नेताको सहभागिताबिना नै परिषदले ५ वटा आयोगमा अध्यक्ष सिफारिस गरेको विरोधमा समितिको बैठक बहिष्कार गर्दै आएको छ । समितिमा कांग्रेसका ४, नेकपाका ९, राजपा र फोरमका १÷१ जना सदस्य छन् ।
 नेकपाका सांसदहरू सुरेन्द्र पाण्डे, शिवप्रसाद मण्डल र सुमनराज प्याकुरेल अनुपस्थित भएपछि कोरम नपुगेर बैठक बस्न हुन नसकेको हो ।


No comments:

Post a Comment