Saturday, February 23, 2019

नेकपाको एकता कार्यदल नै भंग

  • सांगठनिक एकता प्रक्रिया अन्यौलमा
  • कार्यदलको बहुमतले छुट्टै प्रतिवेदन दिने
काठमाडौं, १० फागुन– सत्तारूढ नेकपाको सांगठनिक एकता प्रक्रिया टुंगो लगाउने कार्यदल नै भंग भएको छ । नेकपाको सचिवालय बैठकमा संयोजक रामबहादुर थापा र वरिष्ठ सदस्य विष्णु पौडेलले काम गर्न नसक्ने धारणा राखेपछि कार्यदल भंग भएको हो । सचिवालय बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीको प्रस्तावमा कार्यदल भंग गरेको हो ।
कार्यदल नै भंग भएपछि नेकपाको सांगठनिक एकता प्रक्रिया झन् जटिल बनेको र कहिले टुंगिने भन्ने नै अनिश्चित भएको छ । ओलीले संयोजक थापा र महासचिव पौडेलले नै काम गर्न सक्तैनौं भनेपछि कार्यदल भंग गर्न प्रस्ताव राखेका थिए । छलफलका क्रममा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, नेता वामदेव गौतमले भने कार्यदललाई एकता प्रक्रिया टुंग्याउन थप समय दिनुपर्ने धारणा राखेका थिए ।
‘एकता प्रक्रिया चा“डै टुंग्याउनुको विकल्प छैन । कार्यदललाई थप समय दिएर भए पनि एकता प्रक्रिया छिटो टुंग्गाऊ“ । कार्यदलकै बहुमत ५ सदस्यले एकता प्रक्रिया टुंग्याउन थप समय माग्नुभएको छ । कार्यदललाई काम गर्न दिऊ“’ नेपाल, खनाल र गौतमको भनाइ उद्धृत गर्दै स्रोतले भने ।
थापा र पौडेलले तीन नेताको भनाइको प्रत्युत्तरमा म्याद थप गरे पनि आफूहरूले काम गर्न नसक्ने धारणा राखेका थिए । ‘जसले जिम्मा लिएको हो । उसले नै काम गर्न सक्तिन भने पछि कार्यदल राखिरहनुको के अर्थ हुन्छ ?’ अध्यक्ष ओलीले सचिवालय बैठकमा यस्तो धारणा राखेपछि कार्यदल भंग गरिएको हो ।
कार्यदलका अरू ५ सदस्यमध्ये सुरेन्द्र पाण्डे, बेदुराम भुसाल, योगेश भट्टराई र लेखराज भट्टले भने कार्यदललाई एकता प्रक्रिया टुंग्याउन थप समय दिन आग्रह गरेका थिए । कार्यदलका अर्का सदस्य वर्षमान पुन भने बैठकमा अनुपस्थित थिए । बहुमत सदस्यले कार्यदल भंग गरिएकामा असन्तुष्टि प्रकट गर्दै आफूहरूले एकता प्रक्रिया टुंग्याउनेबारेमा छुट्टै प्रतिवेदन दिने धारणा बैठकमा राखेका थिए ।
म्याद थपको पक्षमा रहेका कार्यदलका सदस्यहरूले सचिवालयको कार्यदल भंग गर्ने निर्णय दुर्भाग्यपूर्ण रहेको टिप्पणी गर्दै त्यसले एकता प्रक्रियालाई जटिल बनाउने धारणा राखेका थिए । कार्यदलका सदस्य योगेश भट्टराईले विधानअनुसार स्थायी कमिटीले बनाएको कार्यदल सचिवालयले भंग गर्न नसक्ने धारणा राखेका थिए ।
भट्टराईले कार्यदल भंग भए पनि आफूहरू ५ जनाले एकता प्रक्रियालाई टुंग्याउन छुट्टै प्रतिवेदन स्थायी समितिमा पेश गर्ने जानकारी दिए । ‘हामीले एकता प्रक्रियालाई टुंग्याउने गरी काम गर्न खोजेका थियौं । केही समय मागेका थियौं । सचिवालयले काम गर्न दिएन’ भट्टराईले भने– ‘हामीले एक÷दुई दिनभित्र आफ्नातर्फबाट छुट्टै प्रतिवेदन बुझाउ“छौं ।’
नेकपाको स्थायी समिति बैठकले पार्टी र भातृ संस्थाहरूको केन्द्रदेखि जिल्ला तहसम्मको एकता प्रक्रिया टुंग्गाउन गत जेठमा थापाको संयोजकत्वमा कार्यदल गठन गरेको हो । तत्कालीन एमाले र तत्कालीन माओवादीभित्रका गुट÷उपगुटले प्रदेश र जिल्ला तहमा पदाधिकारी तोक्न छुट्टाछुट्टै नाम सिफारिस गरेपछि एकता प्रक्रिया टुंग्याउन कार्यदललाई सकस पर्दै आएको थियो । एकता प्रक्रिया नटुंगिएका कारण तत्कालीन एमाले र माओवादीका भात संगठनहरू केन्द्रदेखि तल्लो तहसम्मका कमिटीले समानान्तर ढुंगले छुट्टाछुट्टै काम गर्दै आएका छन् ।
एकता प्रक्रिया नटुंगिदा नेकपाको प्रदेश कमिटीमा चार पदाधिकारी अध्यक्ष र सचिव, इन्चार्ज र सहइन्चार्ज तोकिए पनि सदस्यहरू तोकिएका छैनन् । सहमतिकै अभावमा सबै प्रदेश र जिल्ला कमिटीले पूर्णता पाउन सकेको छैनन् । कार्यदल नै भंग भएपछि एकता प्रक्रिया कहिले टुंगिने अनिश्चित भएको नेकपाका नेताहरू बताउ“छन् ।
भंग भएको कार्यदलका संयोजक थापा र वरिष्ठ सदस्य पौडेलले सांगठनिक एकता प्रक्रिया पार्टीका शीर्ष नेता तहबाट मात्र टुंग्याउन प्रस्ताव गरेका छन् । ‘हाम्रो तहबाट एकता प्रक्रिया टुंगिन तपाईं शीर्ष नेताहरूले नै टुंग्याउनोस्’ थापा र पौडेलको भनाइ थियो । सचिवालयले स्थायी समितिले नै एकताको प्रस्ताव तयार गर्ने र बैठक बसेर टुंग्याउने निर्णय गरेको जानकारी नेकपाका एक नेताले दिए ।
नेकपाले माघ मसान्तभित्र पार्टीको सबै तहको एकता प्रक्रिया टुंग्याई फागुन पहिलो सातादेखि मुलुकभर एकताको सन्देश दिन पार्टी परिचालन अभियान चलाउने तयारी गरेको थियो । कार्यदल भंग भएपछि नेकपाको एकताको सन्देश दिन पार्टी परिचालन अभियानसमेत कहिले गर्ने अन्यौल भएको छ ।

No comments:

Post a Comment