Thursday, February 7, 2019

स्थलगत अध्ययन गर्न संसदीय समिति गठन

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान विवाद
काठमाडौं, २३ माघ– प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उत्पन्न समस्या तत्काल समाधानका लागि स्थलगत अध्ययन गर्न पूर्व स्वास्थ्यमन्त्री एवं सांसद खगराज अधिकारीको संयोजकत्वमा उपसमिति गठन गरेको छ । समितिको बुधबार बसेको बैठकले पा“च सदस्यीय उपसमिति गठन गरेको हो ।
समितिमा सांसदहरू अन्जना विशंखे, गजेन्द्रबहादुर महत, एकवाल मिया“ र नमिताकुमारी चौंधरी सदस्य छन् । समितिले उपसमितिलाई काम सुरु गरेको मितिले १५ दिनभित्र प्रतिष्ठानको समस्या समाधान हुने गरी स्थलगत अध्ययन गरेर प्रतिवेदन पेश गर्ने कार्यादेश दिएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीले जथाभावी कर्मचारी हटाउने, नयाँ नियुक्त गर्ने काम हुन थालेपछि अस्पतालमा कार्यरत चिकित्सकलगायतका कर्मचारीहरू आन्दोलित हुँदा उपचार गर्न आएका बिरामीहरु मारमा परेका छन् ।
समितिले उपचार सेवा सुचारु गराउन तथा अस्पतालमा देखिएका बेथिति हटाउन उपसमिति गठन गरेको जानकारी सभापति जयपुरी घर्तीले दिएकी छन् ।


No comments:

Post a Comment