Monday, February 25, 2019

राप्रपाका १४ जनाले पार्टी छाडे

काठमाडौं, ११ फागुन– कमल थापा नेतृत्वको राप्रपाका १४ जना केन्द्रीय नेताले शनिबार पार्टी परित्याग गरेका छन् । राप्रपा संगठन सुदृढीकरणका लागि राष्ट्रिय स्वाभिमान यात्राको तयारीमा जुटिरहेका बेला पूर्वमहामन्त्री जयन्त चन्दसहितका नेताहरूले वक्तव्य जारी गरी पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
चन्द राप्रपाकै वरिष्ठ नेता पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा हुन् । चन्दस“गै पार्टी परित्याग गरेका नेतामा सहायक महामन्त्री भरत पाठक, कार्य सम्पादन समितिका सदस्यहरु प्रह्लाद साह, भरत गिरि र दिनेश श्रेष्ठ, पूर्व सहायक महामन्त्री गोविन्द खनिया“
केन्द्रीय सदस्यहरू सानुकाजी हेक्का, चिरागमानसिंह कु“वर, रिता पोखरेल, सुन्दर खडा, गणेशबहादुर बिष्ट, गजेन्द्रबहादुर सिंह, बिन्दा गिरि, भरतबहादुर चन्द, गोपाल दाहाल, गणेश चन्द, मुकुन्द कार्की र पूर्ण चौलागाईं छन् ।
पार्टीका संस्थापक दुई वरिष्ठ नेता पशुपतिसमसेर राणा र प्रकाशचन्द्र लोहनीले नेतृत्व गरेको राप्रपाका दुई घटकबीच एकता भई गठन भएको राप्रपा (संयुक्त) प्रति राप्रपाका नेता–कार्यकर्र्ता आकर्षित भएका छन् । राप्रपा परित्याग गरेका नेताहरू एकीकृत राप्रपामा प्रवेश गर्ने जानकारी स्रोतले दिएको छ । पार्टी परित्याग गरेका चन्दसहितका नेताहरुले विज्ञप्तिमा आफूहरू लामो समयदेखि एकता प्रक्रियामा संलग्न रहेको उल्लेख गर्दै त्यसको संकेत दिएका छन् ।


No comments:

Post a Comment