Friday, February 8, 2019

मेलम्चीको ठेक्का तोडियो, धरौटी जफत हुने

काठमाडौं, २४ माघ– सरकारले मेलम्ची आयोजनाको सुरुङमार्ग र हेडवक्र्स निर्माणको जिम्मा पाएको इटालियन ठेकेदार कम्पनी सीएमसीस“ग ठेक्का तोडेको छ । पत्र पठाई काममा फर्कन दिइएको १४ दिनको समयसीमा सकिएपछि मेलम्ची खानेपानी आयोजनाले सीएमसीसितको ठेक्का तोडेको हो ।
मेलच्ची खानेपानी विकास समितिको बोर्ड बैठकले सीएमसीसितको ठेक्का तोडी उसले राखेको बैंक धरौटी जफत गर्ने निर्णय गरेको छ ।
सीएमसीले ठक्का सम्झौता गर्दा झन्डै साढे दुई अर्ब रुपैया“ धरौटी राखेको छ । समितिले शुक्रबार नै बैंकलाई पत्र पठाई उक्त रकम जफत गर्नेछ ।
सरकारले गत माघ ६ मा दुई साताभित्र काममा फर्कन सक्ने गरी ठेक्का रद्द गरेको पत्र (लेटर अफ टर्मिनेसन) सीएमसीलाई पठाएको थियो । अन्तिम म्याद सकिंदासम्म सीएमसीले कुनै प्रत्युत्तर नदिएपछि ठेक्का तोडने निर्णय गरिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।ठेक्का तोडिएपछि मेलम्ची आयोजनालाई कसरी अघि बढाउने भन्नेबारे खानेपानी मन्त्रालय र समिति कुनै निर्णयमा पुग्न सकेको छैन । समितिको बैठकले मेलम्ची आयोजना अघि बढाउने विभिन्न विकल्पसहितको प्रस्ताव छिट्टै तयार गरेर मन्त्रालयमा पेश गर्ने निर्णय गरेको छ । मन्त्रालयले जुन विकल्पलाई अनुमोदन गर्छ, त्यसैका आधारमा आयोजना अघि बढाइने जानकारी समितिका एक अधिकारीले दिए ।
पुनः ठेक्का प्रक्रियामा गएर काम अघि बढाउन कम्तीमा छ महिना लाग्ने जानकारी ती अधिकारीले दिए । ती अधिकारीका अनुसार सीएमसीको मातहतमा मेलम्चीमा काम गरेका नेपाली साझेदारहरूलाई आयोजनाको बा“की काम गर्ने जिम्मा दिने विकल्पमा समेत छलफल भइरहेको छ ।
सरकारले नया“ वर्षमा काठमाडौंमा पानी ल्याइपु¥याउने योजनाका साथ आयोजनाको काम अघि बढाइरहेको थियो । सीएमसीले आफू आर्थिक रूपमा टाट पल्टेको घोषणा गर्दै इटाली फर्केपछि आयोजनाको काम अवरुद्ध भएको छ । ठेकेदारले छाडेपछि सुरुङको फाइनल फिनिसिङलगायतको काम अन्योलमा परेको छ । मेलम्चीको २७ किमि सुरुङ छिचोलिइसकेको छ ।
साढे २७ किमि सुरुङमध्ये २ किमिमा फाइनल फिनिसिङ (पिच गर्ने), तिनमध्ये २ वटा भेन्टिलेसन सफ्ट निर्माण, हाइड्रो मेकानिकल जडान, सुन्दरीजल सप्लाई पाइप जडान, इन्ट्युमेन्टेसन जडान, पानी प्रशोधन केन्द्र–२ को निर्माण र मेलम्चीको पानी सुरुङमा लग्ने बा“ध (इन्टेक) निर्माण गर्न बा“की छ । सीएमसीले निर्माणमा संलग्न नेपाली साझेदार कम्पनी करिब डेढ अर्ब रुपैया“ भुक्तानी गर्न बा“की रहेको जानकारी आयोजनाका कर्मचारीले दिएका छन् ।

No comments:

Post a Comment