Thursday, February 14, 2019

प्रहरी प्रतिष्ठानलाई फराकिलो ठाउँमा सार्न लागिएको हो : प्रधानमन्त्री

काठमाडौं, २९ माघ– प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय प्रहरी प्रतिष्ठानका लागि महाराजगञ्जमा ठाउँ साँघुरो भएकाले फराकिलो ठाउँ पनौतीमा स्थानान्तरण गर्न लागिएको बताएका छन् ।
‘धेरै वर्ष अगाडिदेखि यो ठाउँ साँघुरो भयो भन्ने वास्तविक आभास थियो, यहाँबाट पनौती लाने भनेर जमीन खरीद गरिएको र दशौं वर्षअघि भारतले समेत एकेडेमी बनाउने भनेको थियो, अहिले यसमा कतिपय हल्ला गर्न रुचाउने सेलेब्रेटी स्वभावले अनुचित खालका टिप्पणी गरे’ उनले प्रहरी निरीक्षक आधारभूत तालिमको १७८ औं समूहको दीक्षान्त समारोहलाई मंगलबार सम्बोधन गर्दै भने ।
उनले प्रहरी प्रतिष्ठानका सबै क्रियाकलाप एकै ठाउ“मा गर्नका लागि फराकिलो ठाउ“मा सार्न खोज्दा राष्ट्रपतिलाई अनावश्यक विवादमा पार्न खोजिएको बताए ।
‘कतिपयले सम्माननीय राष्ट्रपतिज्यूले यहा“बाट लखेट्न खोज्या हो कि जस्तो गरेर प्रचार गरी असभ्यता देखाए, पूर्वप्रहरी अधिकृतले आफ्नो समयमा त्यही कुरा गर्ने अनि अहिले आएर विरुद्धमा वक्तव्यबाजी र टिप्पणी गरेको पनि सुनियो, फराकिलो ठाउँमा सार्न लागेको राम्रो कुरालाई अन्यथा नलिन आग्रह गर्छु’ उनले भने । प्रतिष्ठानका लागि पनौतमिा ८ सय २२ रोपनी जग्गा लिइसकिएको छ ।उनले विभिन्न बहानामा अपराधको राजनीतीकरण भएको उल्लेख गर्दै बम पडाउने, मान्छे मार्ने, अपराध गर्ने र जनताको नाममा लुटपाट मच्चाउन प्रयास गर्ने र आतंककारी क्रियाकलापमा राजनीतिको खोल ओढनेहरू अब उम्किन नसक्ने चेतावनी दिए ।
उनले प्रहरी दलालीका लागि होइन स्वाभिमानपूर्ण कर्तव्यपरायण देखाएर सेवा गर्नका लागि हो भन्दै बढुवा हुनका लागि अब कसैलाई रिझाउन र कही“ धाउन नपर्ने प्रत्याभूति गर्न गृहमन्त्री रामबहादुर थापा र प्रहरी नेतृत्वलाई आग्रह गरे ।
‘प्रहरी संगठनका जिम्मेवार अधिकारीलाई म भन्न चाहन्छु, कार्यसम्पादनका मूल्यांकन वा बढुवाका लागि न्यायोचित प्रणाली स्थापना गर्नुहोस्, कुनै पनि तरिकाको पक्षपात, भेदभाव, कोसेली, चाकडीको पक्षमा सरकार छैन’ उनले भने ।

No comments:

Post a Comment