Sunday, September 4, 2011

माओवादीका काजीले फेरि बाजी मारे

काठमाडौं, १८ भाद्र - उपाध्यक्ष मोहन वैद्य समूहबाहेकलाई समेटेर माओवादीले नयाँ मन्त्रीहरु चयन गरेको छ ।
आइतबार पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा अध्यक्ष पुष्पकमल दाहालसहितका पदाधिकारीले मन्त्री चयन गरेका हुन् । प्रवक्ता दीनानाथ शर्माका अनुसार नारायणकाजी श्रेष्ठलाई उपप्रधान र परराष्ट्रमन्त्रीमा चयन गरिएको छ ।
  ऊर्जामन्त्री पोष्टबहादुर बोगटी, स्थानीय विकाशमन्त्रीमा टोपबहादुर रायमाझी, अर्थमन्त्रीमा वर्षमान पुन, भूमिसुधार मन्त्रीमा प्रभू शाह र युवा तथा खेलकुद मन्त्रीमा कमला रोकालाई चयन गरिएको छ ।

No comments:

Post a Comment