Thursday, September 8, 2011

प्रधानमन्त्रीद्वारा कर्मचारीलाई भ्रष्टाचारको जालो तोड्न आजैदेखि प्रण गर्न आग्रह

परिक्षा नियन्त्रक गौतमलाई सर्वोत्कृष्ट निजामती पुरस्कार
काठमाडौं, २२ भदौ- प्रधानमन्त्री भट्टराईले मुलुकबाट भ्रष्टचारको जालो तोडन् सम्पूर्ण कर्मचारीलाई आजैका दिनदेखि प्रण गर्न आग्रह गरेका छन् । भ्रष्टाचारलाई शून्यमा झार्ने प्रतिबद्धता व्यक्त गर्दै आएका प्रधानमन्त्रीले स्थायी सरकारका रुपमा रहेको निजामती प्रशासनलाई भ्रष्टाचारको जालो तोड्नका लागि आफूलाई सहयोग गर्नसमेत आह्वान गरेका हुन् ।
'तपाईंहरु स्वच्छ रहेर काम गर्ने अठोट गर्नोस् । मुलुकमा राजनीतिक नेतृत्व र प्रशासन मिलेर परिवर्तन ल्याऔं । भ्रष्टाचार नियन्त्रण गर्नका लागि पहिला हामी सबैले आफ्नै छवि सुधारौं । जनतालाई परिवर्तनको अनुभूति दिन कार्यान्वयनमै जाऔं' भट्टराईको भनाइ थियो ।
भट्टराईले प्रशासनलाई राजनीतिमुक्त बनाउन निजामती प्रशासन र राजनीतिकर्मीबीचको सम्बन्धलार्य मर्यादित र अनुशासित बनाउन आफू लाग्ने प्रतिबद्धता व्यक्त गरे । उनले परिवर्तनको वाहकका रुपमा कार्य गरी जनतालाई तत्काल राहत पुर् याउन निजामती कर्मचारीहरुलाई आग्रहसमेत गरे ।
प्रधानमन्त्रीले निमुखा समुदायको हित रक्षा हुने गरी कार्यसम्पादन गर्न कर्मचारीहरुलाई निर्देशन दिए । उनले जनताको घरदैलोसम्म सेवा पुर् याउने कर्मचारीको सुरक्षाको सम्पूर्ण जिम्मेवारी सरकारले लिने आश्वासनसमेत दिए । प्रधानमन्त्रीले निजामती प्रशासनमा स्वतः विशेष बढुवा पाएका कर्मचारीहरुको पदस्थापनलगायतका समस्या तत्काल समाधान गर्न सरकार लाग्ने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए । उनले पुरस्कृत कर्मचारीहरुलाई बधाईसमेत दिएका थिए ।
गौतमको पालामा परिक्षा नियन्त्रण कार्यालयमा उल्लेखनीय सुधार
सरकारले परिक्षा नियन्त्रण कार्यालय सानो ठिमीमा रहेर उल्लेखनीय कार्य गरेका परिक्षा नियन्त्रक सूर्यप्रसाद गौतमलाई सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान गरेको छ । मुख्यसचिव माधव घिमिरेको संयोजकत्वमा रहेको पुरस्कार छनौट समितिको सिफारिसमा सरकारले एक वर्षदेखि परिक्षा नियन्त्रकका रुपमा रहेर परिक्षा प्रणाली सुधारलगायतका प्रशंसनीय कार्य गरेका गौतमलाई २ लाख रुपैयाँ राशीको सबभन्दा ठूलो निजामती पुरस्कार प्रदान गरेको हो । उनी पहिलोपटक सर्वोत्कृष्ट पुरस्कार पाउने भाग्यमानी कर्मचारी भएका छन् ।
सरकारले निजामती सेवा दिवसका उपलक्ष्यमा उल्लेखनीय कार्य गरेका देशभरका १० जना कर्मचारीलाई जनही १ लाख रुपैयाँ राशीको उत्कृष्ट निजामती सेवा पुरस्कार तथा ३० जना कर्मचारीलाई ५० हजार रुपैयाँको निजामती सेवा पुरस्कार प्रदान गरेको छ ।
२०५८ सालदेखि सरकारले सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार कानुनी व्यवस्था गरे पनि तत्कालीन मुख्यसचिव एवं पुरस्कार छनौट समितिका संयोजक तीर्थमान शाक्यले आफैंलाई उक्त पुरस्कार सिफारिस गरेपछि पुरस्कार विवादमा पर् यो र सरकारले उक्त वर्षमात्र होइन २०६७ सालसम्म सर्वोत्कृष्ट पुरस्कार कसैलाई दिएन । पहिलोपटक यस वर्ष उक्त पुरस्कार दिइएको हो ।
सरकारले गौतमको नेतृत्वमा परिक्षा नियन्त्रण कार्यालयले गोपनीयता कायम राखी स्वदेशमै एसएलसीको प्रश्नपत्रको छपाइ उत्तर पुस्तिकाको वैज्ञानिक व्यवस्थापन समयमै नतिजा प्रकाशन प्रतिलिपि सर्टिफिकेटको सट्टा अन्तर्राष्ट्रिय रुपमा स्वीकार्य हुने खालको कपी अफ ओरिजन उल्लिखित सर्टिफिकेट दिने व्यवस्था गरेको पुनर्योगको रिजल्टसमेत छिट्टै दिने व्यवस्था गरेकोलगायतका प्रशंंसनीय सुधारका कार्य भएकाले उनलाई सर्वोत्कृष्ट पुरस्कार प्रदान गरेको हो ।
यसअघि २०४५ साल र २०६१ सालमा मात्र एसएलसीको प्रश्नपत्र स्वदेशमा छपाइ गरिएको थियो अरु वर्ष सधैं भारतमा छपाइ गरिन्थ्यो । गौतमको सकि्रयतामा परिक्षा नियन्त्रण कार्यालयले एसएलसीको मार्कसिटसँगै विद्यार्थीको मूल प्रमाणपत्र विद्यालयमा नै पठाइदिने व्यवस्था गरेको छ । यसअघि वर्षौंपछिमात्र परिक्षा नियन्त्रण कार्यालयले विद्यार्थी मूल प्रमाणपत्र दिने गथ्र्यो ।
एसएलसीका उत्तर पुस्तिकामा पोकामा बाँधेर राख्ने असुरक्षित र सड्ने कीराले खाने खालको पुरानो प्रथालाई अन्त्य गरी यस वर्षदेखि र् याक बनाएर विषयगत रुपमा वैज्ञानिक ढंगले एसएलसीको उत्तर पुस्तिका राख्न थालिएको छ । मार्कसिट या मूल प्रमाणपत्र हराएमा परिक्षा नियन्त्रण कार्यालयले सर्टिफिकेटमा प्रतिलिपि डुप्लिकेट लेखेर दिने गथ्र्यो त्यस्तो मार्कसिट र प्रमाणपत्रलाई विदेशी शैक्षिक संस्थाले मान्यता नदिने भएकाले नेपाल विद्यार्थीले समस्या भोग्दै आएका थिए । तर यस वर्षदेखि परिक्षा नियन्त्रण कार्यालयले मार्कसिट या मूल प्रमाणपत्र हराएमा कपी अफ ओरिजन लेखी प्रतिलिपि दिने गरेको छ त्यसलाई विदेशी शैक्षिक संस्थाले सजिलै मान्यता दिएकाले विद्यार्थीले वषौंदेखि भोग्दै आएको समस्या अन्त्य भएको छ ।
गौतमले आफूले एक वर्षमा सक्ने जति सुधारका कार्य गरेको र परिक्षा नियन्त्रण कार्यालयमा अझै धेरै सुधार गर्न बाँकी रहेको उल्लेख गर्दै सरकारले आफूलाई सर्वोत्कृष्ट पुरस्कार प्रदान गरेकामा खुसी प्रकट गरे । ुपरिक्षा नियन्त्रण कार्यालयमा मेरो नेतृत्वमा सबै कर्मचारी मिलेर गरेको सुधारको सरकारले उचित मूल्यांकन गरेकामा म धेरै खुसी भएको छु उनले कान्तिपुरसित भने ।
उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने १० कर्मचारीमा अर्थमन्त्रालयका सहसचिव रामशरण पुडासैनी सहरी विकास तथा भवन विभाग जुम्लाका सिनियर डिभिजनल इन्जिनियर राजुमान मानन्धर महान्यायाधिवक्ताको कार्यालयकी खरिदार सरिता श्रेष्ठ जिल्ला प्राविधिक कार्यालय गुल्मीका इन्जिनियर विशेष नेत्रबहादुर विश्वकर्मा हुलाक सेवा विभागका किशोरकुमार चौधरी प्रधानमन्त्री कार्यालयका उपसचिव ज्योतिप्रसाद अधिकारी भूमिसुधार कार्यालय नवलपरासीका नासु दयाराम बस्याल जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका सवारी चालक झगरु चौधरी जिल्ला पशु कार्यालय महोत्तरीकी पशु सेवा प्राविधिक विशेष राधाकुमारी साह र सामान्य प्रशासन मन्त्रालयका शाखा अधिकृत लक्ष्मणविक्रम थापा छन् ।
निजामती सेवा पुरस्कार पाएका ३० जनामा महालेखा परिक्षकको कार्यालयका लेखा परिक्षक श्रीराम धिमाल आन्तरिक राजस्व कार्यालय ललितपुरका शाखा अधिकृत।सुधीरनरिसंह राजभण्डारी भौतिक योजना मन्त्रालयका इन्जिनियर अरुणकुमार झा कानुन मन्त्रालयका शाखा अधिकृत बिमलकुमार बिष्ट सप्तरीको छिन्नमस्ता गाविसका सचिव नासु विशेष रामकुमार यादव जिविस तनहुँका शाखा अधिकृत सूर्यवदना पण्डित उद्योग मन्त्रालयका कार्यालय सहयोगी पूर्णप्रसाद अगस्ती राष्ट्रिय सतर्कता केन्द्रका शाखा अधिकृत सुदेवकुमार पोखरेल साचार केन्द्र धनगढीकी शाखा अधिकृत कृष्णमाया श्रेष्ठ शिक्षा मन्त्रालयका सवारी चालक काले तामाङ वन रक्षक हरि विश्वकर्मा जिल्ला वन कार्यालय नवलपरासीका नासु विशेष तेजप्रसाद पाण्डे रक्षा लेखा नियन्त्रकको कार्यालयका लेखापाल अमृत सागर नापित राष्ट्रपतिको कार्यालयका कम्युटर अपरेटर हरिप्रसाद भुषाल मुगु जिल्ला अदालतका खरिदार कर्णबहादुर कट्टेल र रुपन्देही जिल्ला अदालतका डिट्ठा। प्रेमप्रसाद पौडेल छन् ।
त्यसैगरी।सार्वजनिक खरिद अनुगमन कार्यालयका कम्प्युटर अधिकृत राजभाइ श्रेष्ठ अख्यितयार दुरुपयोग अनुसन्धान आयोगका नासु जीवनकुमार पोखरेल क्षेत्रीय प्रशासन कार्यालय पोखराकी टाइपिस्ट नासु बुद्धलक्ष्मी श्रेष्ठ जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी धनप्रसाद पौडेल स्वास्थ्य मन्त्रालयका सहसचिव सूर्यप्रसाद मिश्र हिम्चा स्वास्थ्य चौकी अछामका कार्यालय सहयोगी प्रजा चलाउने कोष तथा लेखा नियन्त्रक कार्यालय कैलालीका लेखा अधिकृत वासुदेव जोशी महालेखा नियन्त्रकको कार्यालका कम्प्युटर अधिकृत ठेकु श्रेष्ठ शितोष्ण फलफूल रुटस्टक विकास केन्द्र दोलखाका बागवानी विकास अधिकृत चन्द्रमान श्रेष्ठ उष्ण प्रदेशीय बागवानी केन्द्र सर्लाहीकी कार्यालय सहयोगी मधुमाया विश्वकर्मा मालपोत कार्यालय बझाङका नासु विशेष लालबहादुर सार्की महिला तथा बालबालिका कार्यालय रुकुमकी सुपरभाइजर सावित्रा शाह वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका निर्देशक गिरिजा शर्मा र जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय नेपालगन्जका सिनियर डिभिजनल इन्जिनियर भिलानन्द यादव छन् ।
सामान्य प्रशासन मन्त्रालयमा बिहीबार बिहान आयोजित निजामती सेवा दिवस कार्यक्रममा प्रधानमन्त्री डा। बाबुराम भट्टराईले निजामती सेवामा उत्कृष्ट कार्य गरेका कर्मचारीहरुलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए ।

No comments:

Post a Comment