Thursday, September 22, 2011

मेलम्चीको सुरुङ निर्माण कार्य एक वर्ष ढिलो सम्पन्न हुने

सिन्धुपाल्चोक, ५ असोज- काकाकुल काठमाडौं उपत्यकाको खानेपानी माग पूरा गर्ने मेलम्ची आयोजनाको सुरुङ निर्माण कार्य निर्धारित समयभन्दा एक वर्षभन्दा बढी ढिलो सम्पन्न हुने भएको छ ।
सुरुमा स्थानीयस्तरमा उत्पन्न समस्या आयोजनाका लागि विस्फोटक पदार्थ ल्याउन ढिलाइ र चिनियाँ ठेकेदारले सुरुङ निर्माणका लागि आवश्यक उपकरण ल्याउन ढिलाइ गरेका कारण मेलम्ची आयोजनाको सबभन्दा महत्वपूर्ण संरचना सुरुङ निर्माण कार्य निर्धारित समयभन्दा एक वर्षभन्दा बढी ढिलो सम्पन्न हुने भएको हो ।
आयोजना प्रमुख हरि शर्माका अनुसार चिनियाँ ठेकेदारले १५ सय ८० दिनभित्र अर्थात् सन् २०१३ को सेप्टेम्बरमा सुरुङ निर्माण कार्य सक्छु भनी सन् २००९ मा ठेक्का सम्झौता गरेको थियो । तर ठेक्का भएको दुई वर्ष बढी भइसक्ता सुरुङ निर्माण कार्य १० प्रतिशत अर्थात् जम्मा २५ सय मिटरमात्र सुरुङ निर्माण गरिएको छ जबकि ठेक्का सम्झौतामा सन् २०१३ सेप्टेम्बरसम्म सुन्दरीजलसम्म २६ किमी लामो सुरुङ खनिसक्नुपर्ने उल्लेख छ ।
'सन् २०१३ मा सुरुङ निर्माण कार्य सम्पन्न नहुने निश्चित भइसकेको छ । ठेकेदारले परामर्शदाताको सिफारिसअनुसारका ल्याउन बाँकी उपकरण समयमै ल्याएर दिनको २५ देखि ३० मिटर सुरुङ निर्माण गरेमात्र सन् २०१४ को बीचसम्ममा सकिन्छ' प्रमुख शर्माले आयोजनाको स्थलगत निरीक्षण गर्न बुधबार आएको संसदको सार्वजनिक समितिको टोलीलाई जानकारी िदंदै भने ।
शर्माले ठेकेदारले परामर्शदाताको सिफारिसअनुसारका उपकरण ल्याएन भने सुरुङ निर्माण कार्य सन् २०१४ मा पनि सम्पन्न नहुने चिन्ता व्यक्त गरे । शर्माले लेखा समितिको टोलीलाई नेपाल सरकारमार्फत् चिनियाँ सरकार या राजदूतलाई चिनियाँ ठेकेदार कम्पनीलाई समयमै काम सम्पन्न गर्न लगाउनका लागि पहल गर्न आग्रह गरे । चिनियाँ ठेकेदार कम्पनी सरकारी कम्पनी हो ।
शर्माले चारवटा बिन्दुमध्ये सुन्दरीजल, सिन्धु, अम्बाथानबाट सुरुङ निर्माण कार्य भइरहेको तर ग्याल्थुममा भने सुरुङ खन्दा कच्चा चट्टान माटो र पानी झरेर समस्या उत्पन्न भएकाले त्यहाँ कार्य रोकिएको जानकारी दिए ।

No comments:

Post a Comment