Thursday, September 22, 2011

कुलेखानीको जलाशय भरियो लोडसेडिङ घटाउन मद्दत पुग्ने

काठमाडौं, ५ असोज- यसपटक मन्सुनी वर्षा बढी भएका कारण विद्युत् प्राधिकरणको एकमात्र ुब्याक अपु कुलेखानी आयोजनाको जलाशय इन्द्र सरोवर यस वर्ष भरिएको छ । वर्षायाममा जम्मा भएको पानीबाट पिक आवर सबभन्दा बढी माग हुने समय मा विद्युत् निकाल्न मिल्ने मुलुकको एकमात्र जलाशययुक्त आयोजनाको जलाशय चार वर्षपछि पहिलोपटक भरिएको हो । कुलेखानी भरिएका कारण यस वर्ष लोडिसेङि घटाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
चरम विद्युत माग माग हुने पिक आवरमा कुलेखानी पहिलोबाट ६० र दोस्रोबाट ३२ मेगावाट बिजुली उत्पादन गर्न सकिन्छ । कुलेखानीको जलाशय इन्द्रसरोवरको समुदी सतहबाट १ हजार ५ सय ३० मिटरसम्म पानी जम्मा हुने क्षमता छ जलाशय बुधबारसम्म पूरै भरिइसकेको छ । सात किलोमिटरभन्दा बढी क्षेत्रमा फैलिएको इन्द्र सरोवरको सतहबाट पूर्ण क्षमता अर्थात् ५० मिटर उचाइसम्म पानी जम्मा भएको हो ।
ऊर्जा सचिव एवं विद्युत् प्राधिकरणका अध्यक्ष बालानन्द पौडेलले कुलेखानीको जलाशय भरिइसकेकाले थप पानी जम्मा गर्न ओभर फ्लो हुने दक्षिणी बाँध साइडमा बालुवाको बोरा हाल्न आयोजनाका कर्मचारीलाई निर्देशन दिइसकेका छन् ।' कुलेखानीको जलाशय यसपटक भरियो मैले थप पानी जम्मा गर्न बाँधमा बोरा हाल्न निर्देशन दिइसकेको छ' पौडेलले भने । यस वर्षको मन्सुन अझै जारी छ ।
प्राधिकरण स्रोतका अनुसार कात्तिक मसान्तसम्म कुलेखानीको जलाधार क्षेत्रबाट जलाशयमा पानी जम्मा भइरहन्छ त्यतिबेलासम्म बोरा हालेर थप एक'दुई मिटर पानी जम्मा गर्न सकिन्छ त्यसबाट थप एक करोड युनिटभन्दा बिजुली निस्किन्छ । २०६४ सालमा पनि कुलेखानीको जलाशय भरिएपछि बालुवाको बोरा हालेर थप पानी जम्मा गरिएको थियो । त्यसपछि कुलेखानीको जलाशय भरिएको थिएन ।
ुभरिएको कुलेखानीको जलाशयबाट २३ करोड बिजुली उत्पादन हुन्छ बोरा हालेर थप जम्मा गरिएको पानीबाट थप बिजुली उत्पादन हुन्छ । कुलेखानीबाट विद्युतको बढी माग हुने हिउँददेखि जेठसम्म र रन रिभर आयोजनाबाट कम उत्पादन हुने बेलामा बिजुली उत्पादन गर्न सकिन्छ । कुलेखानी भरिएका कारण हिउँददेखि जेठसम्म हुने भनिएको पूर्व घोषित १६ घन्टाको लोडसेडिङमा २ घन्टा घटाउन सहयोग पुग्ने जानकारी प्राधिकरणका एक अधिकारीले दिए ।

No comments:

Post a Comment