Friday, September 30, 2011

गुप्ताले अनुभवी फ्याँकेर भनेको मान्ने सहसचिव ल्याए

काठमाडौं, १३ असोज- सरकारले विभिन्न मन्त्रालय र निकायका पाँच जना सहसचिवको सरुवा गरेको छ । संचार मन्त्री जयप्रकाश गुप्ताको प्रस्तावमा लामो समय सूचना तथा संचार मन्त्रालयमा कार्य गरेका दुवै सहसचिवलाई एकैचोटि सरुवा गरिएको छ ।
संचार मन्त्रालयका सहसचिवद्वय महेन्द्र गुरागाईं र नारायण रेग्मीलाई क्रमशः लोकसेवा आयोग र संस्कृति मन्त्रालयमा सरुवा गरिएको छ । उनीहरुको सट्टामा लोकसेवाका सुशील ओझा र सामान्य प्रशासन मन्त्रालयमा दरबन्दी राखी योजना आयोगमा कार्यरत लक्ष्मण पोखरेललाई संचार मन्त्रालयमा सारिएको छ । मन्त्री गुप्ताले अनुभवी सहसचिव फ्याँकेर आफूले जे भने पनि मान्ने मन्त्रालयका लागि सिकारु सहसचिव ल्याएको सचारका कर्मचारी बताउँछन् । गुप्ता संचार मन्त्रालयको रस बुझेका मन्त्री हुन् ।
अर्थमन्त्रालयको राजस्व परामर्श समितिका सहसचिव महेन्द्रमान गुरुङलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरिएको छ । प्रधानमन्त्री कार्यालयका सहसचिव डा. वैकुण्ठ अर्याललाई करिब दुई महिनाअघि अर्थमन्त्रालयमा सरुवा गरिएको थियो । अर्याल सरुवा भएपछि रिक्त पदमा नै गुरुङलाई सारिएको हो ।

No comments:

Post a Comment