Sunday, September 25, 2011

टोकार्डो प्रविधिबाट विद्युत् उत्पादनको प्रस्ताव

काठमाडौं, ८ असोज- सरकारले नदी÷खोलामा ड्याम बाँध नबनाई बगेको पानीबाट सोझै टर्वाइन चलाउने टोकार्डो प्रविधिबाट विद्युत् उत्पादन गर्न प्रकि्रया अघि बढाएको छ । ऊर्जा मन्त्रालयले टोकार्डो प्रविधिबाट विद्युत् उत्पादनको प्रकि्रया अघि बढाउनका लागि सैद्धान्तिक सहमति दिन मन्त्रिपरिषदमा प्रस्ताव पठाएको छ ।
ग्लोटेक इनर्जी नामक कम्पनीले नेपालमा टाकोर्डो प्रविधिबाट विद्युत् निकाल्न आवेदन गरॆपछि ऊर्जा मन्त्रालयले मन्त्रिपरिषदबाट सैद्धान्तिक सहमति लिएर उसलाई अनुमति दिने प्रकि्रया अघि बढाएको हो । ग्लोटेक इनर्जीले मुलुकको चर्को लोडसेडिङको समस्या समाधान गर्न टोकार्डो प्रविधिबाट ठूलोमात्रामा विद्युत् निकाल्न सकिने दाबी प्रस्तावमा गरेको छ ।
मन्त्रिपरिषदले सैद्धान्तिक स्वीकृत दिएपछि ग्लोटेक इनर्जीलाई नयाँ प्रविधिबाट पहिला बिजुली उत्पादनको नमुना प्रदर्शन डेमो गर्न स्वीकृति दिइने र त्यो सफल भएपछि व्यावसायिक रुपमा उत्पादन गर्न अनुमति दिइने जानकारी ऊर्जा मन्त्रालय स्रोतले दिए ।
स्रोतका अनुसार यो प्रविधिअनुसार दुईतिर खम्बा राखी नदी÷खोलामा टवाईन जडान गरिन्छ । नदी÷खोलाको बहाव करेन्ट ले टर्वाइन चलाउँछ र विद्युत् उत्पादन हुन्छ यो प्रविधिमा नदी÷खोलामा बिजुली उत्पादन गर्न ड्याम बाँध बनाइराख्नुपर्दैन ।
यस्तो प्रविधिबाट एउटा आयोजनाबाट ५ सय किलोवाटका दरले बिजुली निकालेर केन्द्रीय प्रसारण लाइनमा जोड्न सकिने प्रस्ताव ग्लोटेक इनर्जीले गरेको छ । बाँध र सुरुङ बनाउनुनपर्ने भएकाले एउटै नदी÷खोलाबाट धेरै ठाउँबाट बिजुली निकाल्न सकिन्छ । मुलुकमा प्रचलित ड्याम बनाउनेभन्दा यो प्रविधिबाट बिजुली उत्पादन गर्दा केही महँगो पर्ने जानकारी स्रोतले दिएको छ ।
युरोपका स्कान्डेनेभियनमा मुलुकमा बढीमात्रामा यस्तो प्रविधिबाट विद्युत् निकालिएको छ । यस्तो प्रविधिबाट विद्युत् निकाल्ने युरोपियन कम्पनीको एजेन्टको हैसियतमा डीबी शेरचनले ग्लोटेक इनर्जी कम्पनी खोलेर ऊर्जा मन्त्रालयमा प्रस्ताव हालेका हुन् । अघिल्ला ऊर्जा मन्त्री गोकर्ण बिष्टका पालामा यो प्रविधिबाट बिजुलीको उत्पादनको सैद्धान्तिक सहमति दिन मन्त्रिपरिषदमा प्रस्ताव लगे पनि कुनै निर्णय भएको थिएन नयाँ ऊर्जा मन्त्री पोष्टबहादुर बोगटीले मन्त्रालयस्तरीय निर्णय गराई पुनः उक्त प्रस्ताव मन्त्रिपरिषदमा लगेका हुन् ।

No comments:

Post a Comment