Wednesday, September 7, 2011

फुटबलमा मुख्यसचिवले जिते

काठमाडौं, २१ भदौ- निजामती सेवा दिवसका उपलक्ष्यमा बुधबार निजामती कर्मचारीहरुबीच आयोजित फुटबल प्रतियोगितामा मुख्यसचिव ११ टिम विजयी भएको छ । दसरथ रंगशालामा भएको खेलमा मुख्यसचिव ११ ले पाँचवटा ट्रेड युनियनहरुको संयुक्त टिमलाई २-० ले हराएको हो ।
मुख्यसचिव ११ को क्याप्टेन मुख्यसचिव माधव घिमिरे र पाँचवटा ट्रेड युनियन कर्मचारी मिलन केन्द्र, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, निजामती कर्मचारी युनियन नेपाल निजामती कर्मचारी संगठन नेपाल मधेशी निजामती कर्मचारी माचको संयुक्त टिमको क्याप्टेन एमाले निकट नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष भोला पोखरेल थिए । मुख्यसचिव ११ का उपसचिव राजेन्द्र लौडारीले २ गोल गरेपछि मुख्यसचिव ११ टिम विजयी भएको हो ।
विजयी टिमलाई निजामती सेवा दिवसका उपलक्ष्यमा बिहीबार िसंहदबारमा आयोजना हुने कार्यक्रममा प्रधानमन्त्रीले पदक प्रदान गर्ने जानकारी सामान्य प्रशासनका अधिकारीले दिए ।

No comments:

Post a Comment