Thursday, September 22, 2011

भट्टराई सरकारलाई भोट हाल्ने तीन सभासदलाई पुरस्कारस्वरुप गाडी

काठमाडौं, ५ असोज- सरकारले संंसदका पदाधिकारी र सदस्यहरुको सुविधासम्बन्धी ऐनको व्यवस्थाविपरीत थप तीन दलका नेतालाई गाडी सुविधा दिन लागेको छ । एक साताभित्रै उनीहरु तीन जनालाई गाडी सुविधा दिइसकिनेछ । त्यसरी गाडी सुविधा पाउनेको इन्धन र मर्मत खर्चसमेत सरकारले बेहोर्छ ।
मन्त्रिपरिषदको निर्णयका नाममा अनधिकृत रुपमा मधेशी जनअधिकार फोरमका सचेक जयराम यादव समाजवादी प्रजातान्त्रिक जनता पार्टीका नेता प्रेमबहादुर िसंह र संघीय लोकतान्त्रिक राष्ट्रिय माचकी सभासद रुक्मिणी चौधरीलाई गाडी सुविधा दिन लागिएको हो ।
माओवादी नेता डा। बाबुराम भट्टराईलाई प्रधानमन्त्रीको निर्वाचनमा मत हालेको पुरस्कार स्वरुप यी तीन जनालाई गाडी दिन लागिएको जानकारी स्रोतले दिए । संंसदका पदाधिकारी र सदस्यको सुविधासम्बन्धी ऐनमा प्रमुख सत्तारुढ दल माओवादीको प्रमुख सचेतक र सचेतक तथा र प्रमुख विपक्षी दल कांग्रेसका नेता मुख्य सचेतक र सचेतकलाई मात्र गाडी सुविधा दिने स्पष्ट व्यवस्था छ । तर मन्त्रिपरिषदको तजबिजी निर्णयका नाममा कानुन मिचेर संविधानसभामा प्रतिनिधित्व गर्ने दलका नेतालाई गाडी सुविधा दिइएको हो ।
थप तीन दलका नेताले गाडी सुविधा पाएपछि संविधानसभामा प्रतिनिधित्व गर्ने ३१ मध्ये सबैजसो दलका नेता या सचेतकले अनधिकृत रुपमा गाडी सुविधा पाउनेछन् यसअघि नै अनधिकृत रुपमा विभिन्न दलका नेता र सचेतकलाई गरेर तीन दर्जनभन्दा बढी गाडी दिइसकिएको छ । गाडी सुविधा पाउनेमा एक जनामात्र सभासद भएका दलका नेतासमेत छन् ।
'मन्त्रिपरिषदको निर्णयका नाममा अनधिकृत रुपमा गाडी सुविधा दिनु राज्यको ढुकुटीको दुरुपयोग हो । यसबाट संंसदका पदाधिकारी र सदस्यको सुविधासम्बन्धी ऐनको उल्लंघन भएको छ' संसदका एक अधिकारीले भने ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा संविधानसभामा प्रतिनिधित्व गर्ने सबे दलका नेता या सचेतकलाई गाडी सुविधा दिने निर्णय भएको हो । दाहालको पालामा यो निर्णयका नाममा आफ्नो सरकारका सहयोगी दलका नेता या सचेतकलाई मात्र गाडी दिए । त्यसपछिका प्रधानमन्त्री माधव नेपालले पनि आफ्नो सरकारलाई सहयोग गर्ने थप साना दलका नेता या सचेतकलाई गाडी दिए । भट्टराईको पालामा पनि त्यही प्रवृत्तिलाई पुनरावृत्ति िदंदै आफ्नो सरकारको समर्थन गरेका तीन दलका नेता या सचेतकलाई गाडी दिएका हुन् ।

No comments:

Post a Comment