Sunday, September 4, 2011

को को मन्त्री भए ?

माओवादीका ६ र मोर्चाका ७ मन्त्री
काठमाडौं, भाद्र १८ - माओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका १३ मन्त्रीले आइतबार साँझ शपथ लिएका छन् । माओवादीका ६ र मोर्चाका ७ मन्त्रीले शपथ लिएका हुन् ।
राष्ट्रपति रामवरण यादवको उपस्थितिमा प्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ मन्त्रीलाई शपथ ग्रहण गराएका हुन् । भदौ ११ गते मधेसी मोर्चाको समर्थनमा प्रधानमन्त्री निर्वाचित भट्टराईले भोलिपल्ट मोर्चाका तर्फबाट विजयकुमार गच्छदारलाई उपप्रधान एवं गृहमन्त्रीको शपथ खुवाएका थिए ।
प्रधानमन्त्री भट्टराईले माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई उपप्रधान तथा परराष्ट्रमन्त्रीमा शपथ गराए ।ऊर्जामन्त्री पोष्टबहादुर बोगटी, स्थानीय विकाशमन्त्रीमा टोपबहादुर रायमाझी, अर्थमन्त्रीमा वर्षमान पुन, भूमिसुधार मन्त्रीमा प्रभू शाह र युवा तथा खेलकुद मन्त्रीमा कमला रोकाले शपथ लिए ।
यसैगरी मधेसी मोर्चाका तर्फबाट सूचना तथा सञ्चार मन्त्रीमा जयप्रकाश प्रसाद गुप्ता, भौतिक योजना तथा निर्माण मन्त्रीमा हृदयेष त्रिपाठी, सिँचाइ मन्त्रीमा महेन्द्र राय यादवले शपथ लिएका छन् ।
वन मन्त्री मो. वकील मुसलमान, कृषि नन्दनकुमार दत्त, स्वास्थ्य मन्त्रीमा राजेन्द्र महतो र विना विभागीय मन्त्रीमा राजलाल यादवले शपथ लिए ।
फोरम लोकतान्त्रिकबाट रक्षा मन्त्री सिफारिस गरिएका शरतसिंह भण्डारी र वातावरण मन्त्रीमा सिफारिस निलम बर्माले शपथ लिएनन् । यसैगरी कानुन मन्त्री सिफारिस तमलोपा नेपालका जितेन्द्र सोनर र महिला तथा बालबालिका मन्त्रीमा सिफारिस तमलोपा नेपालका दानबहादुर चौधरीले पनि शपथ लिएनन् ।
विस्तारित मन्त्रिमण्डल १५ सदस्यीय भएको छ ।

No comments:

Post a Comment