Tuesday, September 6, 2011

निजामती कविता प्रतियोगितामा आचार्य प्रथम

काठमाडौं, २० भदौ- सरकारले निजामती सेवा दिवसका उपलक्ष्यमा निजामती कर्मचारीहरुबीच मंगलबार आयोजित कविता प्रतियोगितामा वाणिज्य मन्त्रालयका मनोजकुमार आचार्य प्रथम भएका छन् । प्रतियोगितामा जिल्ला निर्वाचन कार्यालय रसुवाका भोला दाहाल धरातल दोस्रो, भन्सार विभागका टेकराज जोशी तेस्रो भएका छन् भने वाणिज्य मन्त्रालयका जीवराज घिमिरे र आन्तरिक राजस्व कार्यालय हेटोंडाका टिकादत्त निरौलाले सान्त्वना पुरस्कार पाएका छन् ।
सरकारले प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार. दोस्रोलाई १० हजार, तेस्रोलाई ७ हजार र २ जनालाई सान्त्वना पुरस्कारबापत ५/५ हजार रुपैयाँ प्रदान गरिएको छ । संस्कृति मन्त्रालयमा आयोजित कार्यक्रमका क्रममा मुख्यसचिव माघव घिमिरेले पुरस्कृत कविहरुलाई पुरस्कार प्रदान गरेका थिए ।
निजामती सेवा दिवस साहित्यिक उपसमितिले विजयी प्रतियोगी छनौट गर्न साहित्यकार सचिव एसपी कोइरालाको संयोजकत्वमा प्राज्ञ बेाजु शर्मा र प्राध्यापक केशव सुवेदी रहेको निर्णायक मण्डल गठन गरेको थियो ।
यसैबीच संस्कृति मन्त्रालयले आर्थिक वर्ष २०६७÷६८ मा आफ्नो मन्त्रालय र मातहतमा सबभन्दा लगनशील भएर राम्रो काम गर्ने शाखा अधिकृत सोमनाथ गौतमलाई उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरेको छ ।

No comments:

Post a Comment