Sunday, September 11, 2011

नापीमा नयाँ महानिर्देशक, दुई सहसचिवको सरुवा

काठमाडौं, २५ भदौ- सरकारले सहसचिव कृष्णराज बीसीलाई नापी विभागको महानिर्देशक (डीजी_ मा बढुवा गर्नुका साथै थप दुई सहसचिवको सरुवा गरेको छ । भूमिसुधार तथा व्यवस्था मन्त्रालयको योजना महाशाखा प्रमुख बीसीलाई सरकारले सरुवा गरी महानिर्देशकको जिम्मेवारी दिएको हो । नापीका यसअघिका महानिर्देशक राजाराम छत्कुलीले केही दिनअघि ५८ वर्ष उमेर पूरा गरी अनिवार्य अवकास पाएपछि उक्त पद रिक्त थियो । सरकारले नापीतर्फका प्राविधिक सहसचिव प्रमुख हुने भूमिसुधारको योजना महाशाखामा भने कसैलाई पनि सरुवा गरिसकेको छैन ।
सरकारले सहसचिवद्वय स्वास्थ्य मन्त्रालयका कृष्णप्रसाद लम्साल र श्रम मन्त्रालयका कृष्णबहादुर राउतलाई भूमिसुधार मन्त्रालयमा सरुवा गरेको छ । भूमिसुधारका प्रशासन समूहका दुवै सहसचिव लालमणि जोशी र माधव रेग्मी दुई करिब महिनाअघि सचिवमा बढुवा भएपछि रिक्त पदमा राउत र लम्साललाई सरुवा गरिएको हो । भूमिसुधारमा राउतलाई प्रशासन तथा लम्साललाई जग्गा प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको हो ।

No comments:

Post a Comment