Monday, September 19, 2011

प्रधानमन्त्रीका सल्लाहकारले चोरीको गाडी चढ्ने

काठमाडौं, २ असोज- प्रधानमन्त्री डा। बाबुराम भट्टराईका प्रमुख राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले सरकारी गाडी सुविधा नलिने भएका छन् । महँगो विलाशी सवारी साधन छाडेर नेपालमा 'एसेम्बल्ड' मुस्ताङ गाडी चढेका प्रधानमन्त्रीका निकट सहयोगीले समेत सरकारी कर्मचारीसित गाडी सुविधा नलिने घोषणा गरेका हुन् ।
Poudel
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका कर्मचारीले प्रमुख राजनीतिक सल्लाहकार पौडेललाई सरकारी गाडी उपलब्ध गराउँदा उनले चढ्ने जानकारी गराएको स्रोतले उल्लेख गरेको छ । 'म माओवादी पार्टीले उपलब्ध गराएको बोलेरो गाडी नै चढ्छु मलाई सरकारी गाडी चाहिँदैन' पौडेलको भनाइ उद्धृत् गर्दै स्रोतले भने । पौडेल माओवादीका पोलिटब्युरो सदस्य हुन् ।
पौडेलले चढ्दै आएको बोलेरो माओवादीले सशस्त्र द्वन्द्वका क्रममा भन्सार नतिरी ल्याएका चोरीका दर्जनौं गाडीमध्येको एक हो । शान्ति प्रकि्रयामा सुरु भएपछि सरकारले त्यस्ता ६० भन्दा बढी चोरीका गाडीलाई अस्थायी नम्बर प्लेट दिई माओवादी नेताहरुलाई चढ्न दिएको छ । पौडेलले पार्टीबाट गाडी सुविधा पाएका हुन् ।
सरकारले २०६३ सालमा माओवादी नेतालाई एक वर्षका लागि ती गाडी चढ्न दिएको हो त्यसपछि ती गाडी स्वतः सरकारको स्वामित्वमा आउने सहमतिमा उल्लेख थियो । तर तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको पालामा सरकारले सहमतिविपरीत गएर ती गाडी शान्ति प्रकि्रया पूरा नभएसम्म आफ्नो नेताले चढ्ने निर्णय गरिएको थियो । माओवादीका कुनै पनि नेताले अस्थायी नम्बर प्लेट राखेर चढेको गाडीमा वर्षैपिच्छे लाग्ने कर तिरेका छैनन् । माओवादी नेताले गाडीको कर नतिरेको पाँच वर्ष लागिसकेको छ । गाडीको कर नतिर्नेमा पौडेलसमेत छन् ।

No comments:

Post a Comment