Monday, September 5, 2011

वेलकम इनर्जीलाई तल्लो बलेफीको विद्युत् उत्पादन लाइसेन्स

काठमाडौं, १९ भदौ- सरकारले श्री वेलकम इनर्जी डेभलपमेन्ट कम्पनी प्रा.लि. सुनधारालाई सिन्धुपाल्चोकमा पर्ने तत्लो बलेफी जलविद्युत् आयोजना निर्माण र साचालन गर्न विद्युत् उत्पादन अनुमतिपत्र लाइसेन्स दिएको छ ।
माओवादी नेता पोष्टबहादुर बोगटी ऊर्जामन्त्री भएपछि ऊर्जा मन्त्रालयले सोमबार एक समारोहका आयोजना गरी श्री वेलकम इनर्जीलाई २० मेगावाट जडित क्षमताको उक्त आयोजनामा विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको हो । बोगटी ऊर्जा मन्त्री भएपछि ऊर्जा सचिवस्तरीय निर्णयबाट विद्युत् उत्पादन अनुमतिपत्र दिइएको यो पहिलो आयोजना हो ।
सिन्धुपाल्चोक जिल्लाको जलविरे, बतासे, फुल्पिङडाँडा, फुल्पिङकोट र कुभिण्डे गाविसहरुमा अवस्थित तल्लो बलेखी आयोजनाबाट वार्षिक ११४.१६६ गिगावाट घन्टा विद्युत् उत्पादन हुने ऊर्जा मन्त्रालयद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ । उक्त आयोजना २०७० चैत मसान्तसम्ममा सम्पन्न गरी विद्युत् उत्पादन गरिसक्ने लक्ष्य राखिएको छ ।
उक्त आयोजनाको अनुमानित लागत ४ करोड ३३ लाख अमेरिकी डलर (करिब २ अर्ब २५ करोड रुपैयाँ) छ । उक्त आयोजनाबाट उत्पादित हुने बिजुली १० किलोमिटर लामो १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण गरी लामोसाँघु सबस्टेसनमार्फत् विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा प्रसारण गरिनेछ ।

No comments:

Post a Comment