Sunday, September 4, 2011

प्रधानमन्त्रीको सुरक्षामा १६ वटा सीसीटीभी

काठमाडौं, १८ भदौ- राजधानीको मुटुमा रहेको सरकारको केन्द्रीय सचिवालय िसंहदरबार सबभन्दा सुरक्षित मानिन्छ त्यसमा पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय झन् बढी सुरक्षित छ । नयाँ सरकार गठन भएपछि प्रधानमन्त्री कार्यालय रहेको िसंहदरबारको मूल भवनलाई अझ बढी सुरक्षित बनाउन सरकारले सीसीटीभी राख्ने भएको छ । अबको १५÷१६ दिनपछि नै सीसीटीभीबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा हुने मानिस आउजाउको अवलोकन कार्य सुरु गरिनेछ ।
राज्यको प्रमुख कार्यकारी प्रधानमन्त्रीको कार्यालयलाई सबै दृष्टिकोणबाट सुरक्षित बनाउनका लागि सीसीटीभी जडान गर्न िसंहदरबारको मूल भवनको चारैतिर धमाधम तार जडान गर्ने कार्य भइरहेको छ । िसंहदरबारको मूल भवनका तीनवटै द्वार प्यासेज प्रधानमन्त्रीको कार्यकक्षमा जाने दुवै ढोका र परिसरबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा दिनहुँ हुने मानिसको आउजाउको गतिविधिलाई सीसीटीभीका माध्यमबाट नियालिनेछ ।
सीसीटीभीमा कैद हुने दृश्यबाट कुनै पनि मानिसको गतिविधिमाथि आशंका लागेमा तत्काल उसलाई पक्राउ गरेर छानबिन गर्न सकिने जानकारी प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीले दिए । सीसीटीभीमा कैद हुने दृश्यलाई सात दिनसम्म सुरक्षित राखिन्छ त्यसपछि नयाँ दृश्यले पुरानालाई विस्तापित गर्दै जानेछ ।
ती अधिकारीका अनुसार सुरुका दिनमा सीसीटीभी िसंहदरबार मूल भवनको उत्तरी पूर्वी र दक्षिणी द्वार प्रधानमन्त्रीको कार्यकक्षमा प्रवेश गर्ने दुवै ढोकाका अतिरिक्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको सबैतिरको प्यासेजमा जडान गरिनेछ । १६ वटा सीसीटीभीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा हुने हरेक गतिविधिको दृश्य कैद गर्नेछन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई आधुनिकीकरण गर्ने क्रममा सुरक्षा संवेदनशीलतालाई समेत ध्यान दिई सीसीटीभी जडान गर्ने कार्य अघि बढाइएको जानकारी एक अधिकारीले दिए । 'प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा १५/१६ दिनपछि नै सीसीटीभी साचालनमा आउनेछन्' प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सहसचिव एवं प्रवक्ता जगदीश रेग्मीले कान्तिपुरसित भने ।
उनका अनुसार सीसीटीभीबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा हुने आउजाउको गतिविधिको अवलोकन कार्यको जिम्मा िसंहदरबार सुरक्षा प्रहरी गणलाई दिइनेछ । सीसीटीभीले कैद गर्ने दृश्य गणमा रहेको टिभी मोनिटरबाट हेर्न सकिनेछ । सबै सीसीटीभीको तार उक्त मोनिटरमा जोडिनेछ । गणका प्रहरीले मोनिटरबाट िसंहदरबारको मूलभवनका तीनवटै प्रवेशद्वार प्यासेज प्रधानमन्त्री कार्यकक्षका दुवै ढोका र परिसरमा हुने गतिविधिको अवलोकन गर्नेछन् शंका लागेमा तत्काल या सात दिनसम्मका दृश्य हरेर कारबाही गर्न सक्नेछ ।
यसअघि केन्द्रीय सचिवालय र िसंहदरबारलाई सुरक्षित बनाउन ११ ठाउँमा सीसीटीभी जडान गरिसकिएको छ । िसंहदरबार प्रवेश गर्ने चारवटै द्वार प्रधानमन्त्री कार्यालय प्रवेश गर्ने उत्तरी द्वारको बाहिरपट्टि िसंहदरबार भवन र ऊर्जा मन्त्रालयबीचको सुरक्षा पोस्टनजिक गृह मन्त्रालयको प्रवेशद्वारमा सीसीटीभी राखिएको छ । ती सीसीटीभीबाट प्रहरीले िसंहदरबार प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालय बाहिरको गतिविधिको नियाल्दै आएका छन् । प्रधानमन्त्री कार्यालयलाई थप सुरक्षित बनाउन िसंहदरबारको मूल भवनभित्र १६ वटा सीसीटीभी जडान गर्न लागिएको हो ।

No comments:

Post a Comment