Friday, September 30, 2011

मन्त्रिपरिषदद्वारा टोकार्डो प्रविधिबाट विद्युत उत्पादन गर्न दिने निर्णय

ग्लोटेक इनर्जीद्वारा यो प्रविधिबाट सुनकोसीमा बिजुली उत्पादन गर्ने प्रस्ताव
काठमाडौं, १३ असोज- सरकारले नदी/खोलामा ड्याम (बाँध) र सुरुङ नबनाई बगिरहेको पानीबाट सोझै टर्वाइन चलाउने नयाँ टोकार्डो प्रविधिबाट विद्युत् उत्पादन गर्ने लाइसेन्स दिन ऊर्जा मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको छ । एउटा कम्पनीले टोकार्डो प्रविधिबाट नेपालमा विद्युत् उत्पादनको प्रचुर सम्भावना छ भन्दै प्रस्ताव हालेपछि ऊर्जा मन्त्रालयले त्यससम्बन्धमा आफूलाई अनुमति दिने अख्तियार दिन मन्त्रिपरिषदको सैद्धान्तिक सहमति मागेको हो ।
नदी/खोलामा बाँध बाँध्ने प्रविधिबाट मात्र विद्युत् निकािलंदै आएकामा मन्त्रिपरिषदको सैद्धान्तिक सहमति दिने निर्णयले अब ऊर्जा मन्त्रालयलाई टोकार्डो प्रविधिबाट मुलुकमा विद्युत् उत्पादन गर्ने र गराउने बाटो खुलेको छ ।
मन्त्रिपरिषदको सहमतिको लगत्तै ग्लोटेक इनर्जी नामक कम्पनीले सुनकोसी नदीमा टोकार्डो प्रविधिबाट बिजुली निकाल्ने लाइसेन्स दिन माग गर्दै विद्युत् विकास विभागमा आवेदन दिएको छ । ग्लोटेक इनर्जीले मुलुकको चर्को लोडसेडिङको समस्या समाधान गर्न टोकार्डो प्रविधिबाट ठूलोमात्रामा विद्युत् निकाल्न सकिने दाबी गर्दै पहिलो चरणमा सुनकोसीमा ५ सय किलोवाट बिजुली उत्पादनको लाइसेन्स माग गर्दै आवेदन दिएको छ ।
ग्लोटेकले टोकार्डो प्रविधिबाट सुनकोसीमा विद्युत् निकालेर सफल उदाहरण प्रदर्शन गरेपछि उसलाई र अरु कम्पनीलाई समेत यो नयाँ प्रविधिबाट व्यावसायिक रुपमा विद्युत् उत्पादन गर्न अनुमति दिइने जानकारी ऊर्जा मन्त्रालयका एक अधिकारीले दिए ।
ती अधिकारीका अनुसार यो प्रविधिअनुसार दुईतिर खम्बा राखी नदी/खोलामा टर्वाइन जडान गरिन्छ । नदी÷खोलाको बहाव करेन्ट ले टर्वाइन चलाइन्छ र विद्युत् उत्पादन गरिन्छ । यो प्रविधिमा नदी/खोलामा बिजुली उत्पादन गर्न बाँध बनाइराख्नुपर्दैन ।
बाँध सुरुङलगायतका ठूला संरचना बनाउनुनपर्ने भएकाले यो प्रविधिबाट एक वर्षभन्दा कम समयमै ठाउँठाउँबाट बिजुली निकाल्न सकिने ऊर्जा मन्त्रालयका अधिकारीले उल्लेख गरे । यस्तो प्रविधिबाट एउटा आयोजनाबाट ५ सय किलोवाटका दरले बिजुली निकालेर केन्द्रीय प्रसारण्ँ लाइनमा जोड्न सकिने प्रस्ताव ग्लोटेक इनर्जीले गरेको छ । बाँध र सुरुङ बनाउनुनपर्ने भएकाले यो प्रविधिबाट एउटै नदी÷खोलाबाट धेरै ठाउँबाट बिजुली निकाल्न सकिन्छ । मुलुकमा प्रचलित ड्याम बनाउनेभन्दा यो प्रविधिबाट बिजुली उत्पादन गर्दा लागत केही महँगो पर्ने जानकारी स्रोतले दिएको छ ।
युरोपका स्कान्डेनेभियनमा मुलुकहरुमा यस्तो प्रविधिबाट विद्युत् निकालिएको छ । यस्तो प्रविधिबाट विद्युत् निकाल्ने युरोपियन कम्पनीको एजेन्टको हैसियतमा डीबी शेरचनले ग्लोटेक इनर्जी कम्पनी खोलेर ऊर्जा मन्त्रालयमा प्रस्ताव हालेका हुन् । अघिल्ला ऊर्जा मन्त्री गोकण्र्ँ बिष्टका पालामा यो प्रविधिबाट बिजुलीको उत्पादनको सैद्धान्तिक सहमति दिन मन्त्रिपिरÈदमा प्रस्ताव लगे पनि कुनै निण्र्ँय भएको थिएन । नयाँ ऊर्जामन्त्री पोष्टबहादुर बोगटीले मन्त्रालयस्तरीय निण्र्ँय गराई पुनः उक्त प्रस्ताव मन्त्रिपिरÈदमा लगेका हुन् ।

No comments:

Post a Comment