Monday, September 5, 2011

कर्मचारी संगठनलाई बेफवाँकमा आर्थिक सहायता

काठमाडौं, १९ भदौ- सरकारले निजामती सेवा दिवसका नाममा पाँचवटा कर्मचारी संगठनलाई करिब चार लाख रुपैयाँ आर्थिक सहायता वितरण गरेको छ । ती संगठनबाट निजामती सेवा दिवसमा गर्ने कार्यक्रमको प्रस्ताव नलिईकन सरकारले हचुवाका आधारमा आर्थिक सहायता दिएको हो ।
मन्त्रिपरिषदको पछिल्लो बैठकले निजामती सेवा दिवस मनाउन गठित आर्थिक समितिको सिफारिसमा पाँच कर्मचारी संगठनलाई जनही ७५ हजार रुपैयाँका दरले सहायता दिएको हो । निजामती सेवा दिवस भदौ २२ मा मनाइँदैछ ।
आर्थिक सहायता पाउने कर्मचारी संगठनमा कर्मचारी मिलन केन्द्र, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, निजामती कर्मचारी युनियन, नेपाल निजामती कर्मचारी संगठन र नेपाल मधेशी निजामती कर्मचारी माच छन् । सामान्य प्रशासन मन्त्रालयका एक अधिकारीले निजामती सेवा दिवसका बेला ती संगठनलाई आ-आफ्ना ढंगले कार्यक्रम गर्न आर्थिक सहयोग दिइएको बताए । ती अधिकारीले यसअघि समेत कर्मचारी संगठनहरुलाई सरकारले यस्तो सहयोग िदंदै आएको दाबी गरे ।

No comments:

Post a Comment