Tuesday, September 27, 2011

पूर्वअर्थसचिव खनाल प्रधानमन्त्रीको आर्थिक सल्लाहकार

काठमाडौं, १० असोज- सरकारले पूर्वअर्थसचिव रामेश्वर खनाललाई प्रधानमन्त्री डा। बाबुराम भट्टराईको आर्थिक सल्लाहकारमा नियुक्त गरेको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले खनाललाई प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा नियुक्त गरेको जानकारी सूचना तथा साचार मन्त्री जयप्रकाश गुप्ताले दिए ।
यसअघि प्रधानमन्त्रीको आर्थिक सल्लाहकार नियुक्त गर्ने प्रचलन थिएन । मन्त्रिपरिषदले मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको आर्थिक सल्लाहकार पद सिर्जना गरी खनाललाई नियुक्त गरेको हो । गुप्ताका अनुसार आर्थिक सल्लाहकार खनालले सरकारबाट तलबसुविधा लिने छैनन् । खनालको अडानबमोजिम उनलाई तलबसुविधा नपाउने गरी सल्लाहकार नियुक्त गरिएको स्रोतले उल्लेख गरेको छ ।
खनालले अर्थसचिवबाट राजिनामा दिएपछि राज्यको ढुकुटीबाट तलबसुविधा लिने गरी कुनै पनि नियुक्ति स्वीकार नगर्ने सार्वजनिक प्रतिबद्धता व्यक्त गरेका थिए । तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीसित बजेट निर्माण भ्याट छलीमा कारबाहीका सम्बन्धमा मतभेद भएपछि सात महिनाअघि उनले अर्थसचिवबाट राजिनामा दिएका थिए । खनाल समकालीन सचिवहरुभन्दा सक्षम र इमानदार मानिन्थे ।

No comments:

Post a Comment