Friday, September 9, 2011

प्रधानमन्त्रीको वरिष्ठ स्वास्थ्य विज्ञ हटाइए

काठमाडौं, २३ भदौ- सरकारले वरिष्ठ चिकित्सक डा। दीर्घिसंह बमलाई प्रधानमन्त्रीको वरिष्ठ स्वास्थ विज्ञबाट हटाई पुनः सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा फिर्ता गरेको छ ।
पूर्ववर्ती झलनाथ खनाल सरकारका पालामा विशिष्ट श्रेणीको कर्मचारी सरह सेवासुविधा पाउने गरी वरिष्ठ स्वास्थ्य विज्ञ नियुक्त बमलाई प्रधानमन्त्री डा। बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठकले पदबाट हटाई अतिरिक्त समूहमा पठाएको हो ।
ुअघिल्लो सरकारको पालामा सल्लाहकार समूहमा नियुक्त सबै जना खनालको राजिनामासँगै बिदा भए नयाँ सरकारले अघिल्लो सरकारको पालामा सल्लाहकार समूहमा रिक्त सबै जना हट्ने क्रममा बम पनि हटेको पत्र उनलाई दिइयोु प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने ।
स्वास्थ्य सचिवमा डा। सुधा शर्मा डा। प्रवीण मिश्रलाई बढुवा गरिएपछि उनीहरु दुवै जनाभन्दा वरिष्ठ बमलाई झन्डै दुई वर्षदेखि सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखिएको थियो ।
निजामती ऐन तथा नियमावलीअनुसार तीन महिनाभन्दा बढी अतिरिक्त समूहमा राख्न नपाइने व्यवस्थाविपरीत लामो समयदेखि अतिरिक्तमा रहेका बमलाई खनाल सरकारले वरिष्ठ स्वास्थ विज्ञ नियुक्त गरी बस्ने कार्यकक्षसहित काम दिएको थियो ।

No comments:

Post a Comment