Wednesday, July 6, 2011

संवैधानिक परिषद बैठक बिना निष्कर्ष टुंगियो

काठमाडौं, २२ असार- चार संवैधानिक निकायमा नियुक्तिका लागि बुधबार अपराह्न बसेको संवैधानिक परिषदको बैठक बिना निर्णय टुंगिएको छ । चार संवैधानिकमा नियुक्त हुने पदाधिकारीका विषयमा प्रमुख तीन दल माओवादी कांग्रेस र एमालेबीच सहमति बन्न नसकेकाले परिषदको बैठक बिना निर्णय टुंगिएको हो ।
प्रमुख तीन दलबीच पहिला समझदारी बनाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग लोकसेवा आयोग निर्वाचन आयोग र महालेखा परिक्षकमा पदाधिकारी नियुक्ति गर्न परिषदको अर्को बैठक असार २९ गतेका लागि बोलाइएको छ ।
प्रतिपक्षी दलका नेता रामचन्द्र पौडेलले संवैधानिक निकायमा योग्यतम व्यक्ति नियुक्त गर्न थप गृहकार्य गर्नुपर्ने भएकाले परिषदको बैठक २९ गते बोलाइएको बताए । परिषदमा पदाधिकारी नियुक्तिबारे सैद्धान्तिक छलफल भएको तर व्यक्तिका बारेमा छलफल नभएको दाबी गरे । सभामुख सुवास नेम्वाङले परिषदको बुधबारको बैठकमा सहमति गरी संवैधानिक निकायमा नियुक्ति गर्ने विषयमा समझदारी भएको जानकारी दिए ।

No comments:

Post a Comment